शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पर्सामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

शनिबार, १७ जेठ २०७७, १८ : ४६
शनिबार, १७ जेठ २०७७

पर्सामा थप ५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । 

शनिबार नारायणी अस्पतालमा गरिएको परीक्षणमा पटेर्वा सुगाैलीका वर्ष २२ का २ जना पुरूष , वर्ष २५ की १ जना महिला र १ जना पुरूष तथा वर्ष ३६ का १ जना पुरूष गरी ५ जनामा संक्रमण पुष्टि भएकाे  पर्साका  सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । 

उनीहरु भारतका विभिन्न स्थानबाट नेपाल आएपछि क्वारेन्टाइनमा बस्दै आएका थिए । 

यस्तै आजै बिहान पनि पर्साका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप