मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

शनिबार, १७ जेठ २०७७, १८ : ३०
शनिबार, १७ जेठ २०७७

रौतहट । रौतहटमा शनिबार थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै  जिल्लामा कोरोना भाइरसबाट संक्रमितको संख्या १८९ पुगेको छ ।

शनिवार कोरोना भाइरस पुुष्टि हुनेहरुमा इशनाथ नगरपालिकाका तीन, गुुजराका एक, राजपुरका एक र माधवनारायणका एकजना पुुरुष रहेको जिल्ला स्वास्थ कार्यालयका प्रमुख महेश साहले बताएका छन् ।

आज संक्रमणको पुष्टि भएका सबैजना भारतको बिभिन्न सहरबाट केहीदिन अघि आएको र क्वारेन्टाइनबाटै स्वाब संकलन गरी जाँचको लागि पठाउँदा संक्रमण पुष्टि भएको उनले बताए । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप