मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस बैठकमा संविधान संशोधनको पक्षमा मतदान गर्ने प्रस्ताव पेश

शनिबार, १७ जेठ २०७७, १७ : ४१
शनिबार, १७ जेठ २०७७

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा जारी छ । पार्टी कार्यालय सानेपामा दिउँसो तीन बजेबाट सुरु भएको बैठकमा संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने प्रस्ताव पेश भएको छ ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार कालापानी, लिपुलेक र लिम्पियाधुराको भूभाग समावेश गरी सरकारले सार्वजनिक गरेको नक्सा र संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न संसदमा प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदा गर्न संसदीय दललाई निर्देशन गर्दछ भनि प्रस्ताव आएको छ ।

काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले बैठकमा संविधान संशोधनसिहत कोरोना महामारी, रुकुम पश्चिम घटनालगायतका विषय छलफलका लागि एजेण्डा पेश गरेका थिए । छलफलमा केन्द्रीय सदस्यले आफ्नो धारणा राखिरहेका छन् । छलफल संविधान संशोधनमा बढी केन्द्रित छ ।

अधिकांश केन्द्रीय सदस्यले संविधान संशोधनको पक्षमा जोड दिएको छन् ।  केही केन्द्रीय सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिरो बनाउने गरी काँग्रेसले प्रस्तुत हुन नहुने तर्क गरेका थिए । 

केन्द्रीय सदस्य प्रदीप गिरीलगायतले मधेशका समस्याबारे काँग्रेस बेखबर हुन नहुनेमा जोड दिएका थिए । 

गत शुक्रबार सरकारले जारी गरेको नयाँ नक्साअनुसार निसान छापमा पनि नयाँ नक्सा राख्नका लागि सरकारले संविधान संशोधन दर्ता गराएको छ । केन्द्रीय सदस्यहरुले आ आफ्नो धारणा राखे पनि पार्टीले संविधान संशोधनकै पक्षमा निर्णय लिने शर्माको भनाइ छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप