कपिलवस्तुमा आज पनि ७७ जनामा कोरोना संक्रमणको पुष्टि
बुटवल । कपिलवस्तुमा आज मात्र थप ७७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । हिजो ५२ जना एकैपटक संक्रमति भएको कपिलवस्तुमा आज थप ७७ संक्रमित भएपछि संख्या २ सय ६५ पुगेको छ । जिल्ला स्वाथ्य कार्यालय कपिलवस्तुका अनुसार थपिएका संक्रमितहरु जिल्लाको महाराजगञ्ज नगरपालिका का वर्ष १६ देखि ४५ सम्मका ३३ जना पुरुष छन् । त्यस्तै कृष्णनगर नगरपालिकाका वर्ष १८ देखि ४५ सम्मका १६ जना पुरुषमा संक्रमणको पुष्टि भएको छ ।
यसैगरी यशोधरा गाउँपालिकाका १६ देखि ४८ वर्षसम्मका पुरुष २६ र २५, १९ वर्षका महिला २ जनामा पनि संक्रमणको पुष्टि भएको छ । संक्रमितहरुको बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट औपचारिक पुष्टि हुन बाँकी छ । हिजो र आज संक्रमित भेटिएका व्यक्तिहरु कपिलवस्तुका विभिन्न क्वारेटाईनमा बसेकाहरु हुन् । भारतबाट आएर कपिलवस्तुका क्वारेनटाईमा बसेकारहरुमा धमाधम संक्रमण देखिन थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेसपाले बझाङको उपनिर्वाचनमा ‘राइट टू नो भोट’ नीति अपनाउने
-
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडद्वारा विभिन्न पदमा दरखास्त आह्वान
-
छात्रवृत्ति दरखास्तका लागि त्रिभुवन विश्वविद्यालयले थप्यो समय
-
राष्ट्रिय वाणिज्य बैंकद्वारा प्रमुख कार्यकारी अधिकृतको लागि दरखास्त आह्वान
-
काठमाडौँ महानगरले माग्यो कृषि विज्ञ
-
आज काठमाडौँका यी स्थानमा विद्युत् सेवा दिनभरजसो अवरुद्ध हुने