शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राशिअनुसार तपाइँको आजको भाग्य कस्तो छ ?

बुधबार, २१ भदौ २०७४, ०५ : २८
बुधबार, २१ भदौ २०७४

बि.स.२०७४ भाद्र २१ गते । बुधबार । ईश्वी सन् २०१७ सेप्टेम्बर ०६ तारिख । नेपाल सम्बत् १९३७ । साधारण संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९३९ । भाद्र शुक्ल पक्ष । तिथि पुर्णिमा १५ घडि ५५ पला, दिउसो १२ बजेर ०७ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र शतभिषा १९ घडी ५२ पला,दिउँसो १ बजेर ४२ मिनेट उप्रान्त पू.भाद्रपदा । योग धृति ५१ घडि ४३ पला । करण वव, दिउसो १२ बजेर ०७ मिनेट उप्रान्त वालव,रातको १२ बजेर ०१ मिनेट उप्रान्त कौलव । आनन्दादिमा मानस योग । चन्द्ररासि कुम्भ । पञ्चक । पूर्णिमा(येंला पुन्ही,थिंला पुन्ही) । ईन्द्रदहमा स्नान । भक्तपुरको सिद्ध पोखरिमा मेला । चेपाङहरुको चोनाम पर्व । सोह्रश्राद प्रारम्भ । 

काठमाडौंमा सूर्योदय ०५ बजेर ४५ मिनेट, सूर्यास्त बेलुका ०६ बजेर १७ मिनेट जादा । दिनमान ३१ घडी २० पला । 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पैत्रिक धन तथा सम्पतिमा बिवाद आउँने योग रहेकोछ भने दाजुभाई सँग काम गर्दा सामान्य मनमुटाव हुँनेछ । आर्थिक व्यावस्थापन तथा रुपैया पैसाको कारोबार गर्दा ध्यान दिनुहोला सहि तरिकाले बाडफाड गर्न नसक्दा कामहरु थाति रहनेछन् । पढाई लेखाईमा मन नजाने हुँनाले नतिजा अरुकै पोल्टोमा जानेछ । माया प्रेमका कोपिलाहरु फक्रन नपाउँने हुँनाले मन दुखि हुँनेछ । अरुकै पछि लागेर हिड्नाले उललब्धि पनि नहुँने तथा आफ्ना कामहरु थाति रहनेछन् ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) माया प्रेममा धोका हुँन सक्छ । बुवा वा बुवासरहका मानिससँग मनमुटाव सिर्जना हुँनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । व्यापार व्यावसायमा नाँफा कमाउँन निकै मेहनेत गर्नुपर्ला । काममा खुट््टा तान्नेहरु सक्रिय रहनेछन् । पढाई लेखाईमा अल्छि गर्नाले अरुभन्दा पछि परिनेछ । 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) सरकारि तथा प्रशासनि क्षेत्रमा सेवा प्रभाह गर्नेहरुलाई रिजाएरु महत्वपुर्ण काम दिन सकिनेछ । पढाई लेखाईमा सुधार भएर जानेछ भने नतिजाको आफैतिर ल्याउँन सकिनेछ भने अध्ययनको शिलशिलामा लामो दुरिको यात्रा गर्न सकिनेछ । धर्म कर्ममा मन जाने हुँनाले दिनभर जसो मन शान्त रहनेछ । माया प्रेममा नजिक हुँने समय रहेकोछ भने एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ । व्यापारमा थोरै लगानि र थोरै समय दिएपनि मनग्गे नाँफा कमाउँन सकिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आफन्त तथा आफुले मन पराएको मानिससँग दुरि बढ्ने योग रहेकोछ । समय तथा परिस्थितिको राम्रो सँग अध्ययन गरेर मात्र कुनै पनि कामको थालनि गर्नुहोला कामहरु बिग्रने अधिक सम्भावना रहेकोछ । व्यापार व्यावसायमा प्रशस्त समय लगानि गरेपनि आम्दानि थोरै हुँदा आर्थिक व्यावस्थापन गर्न गाह्रो हुँनेछ । अध्ययनमा मन नजादा गुरुवर्ग तथा आफन्तको गालि खाईनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्ययम छ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सवारि साधन तथा अन्य बस्तुहरुको प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घट्नाहरु घट्न सक्छ । प्रेमम एक अर्कालाई अबिश्वास गर्दा मनमुटाव बढ्नेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने अधिक सम्भावना रहेकोछ । बिना कारण अन्य क्षेत्रमा व्यस्त हुँदा व्यापारमा व्यावसायमा घाटा हुँनेछ  । व्यावसायिक यात्रा भएपनि गन्तब्य पहिल्याउँन हम्मे हम्मे पर्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य खराब हुँन सक्छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) वादबिवाद तथा प्रतिष्पर्धामा आज भाग नलिनुहोला ऋणात्मक नतिजा आउनेछ । व्यापार व्यावसायमा गरिएको लगानिबाट नाँफा कमाउँन निकैनै संघर्ष गर्नुपर्ला । बिद्यामा सोचेजस्तो प्रगति गर्न बडीनै समय दिनुपर्ला । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउनेछ । ऋणलाग्ने तथा खर्च बड्ने हुँदा मन चिन्तित हुँनेछ । प्रेममा अबिस्वासको बाताबरण सिर्जना हुँनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) पढाई लेखाईमा अरुभन्दा एक कदम अगि बढि नतिजा आफैतिर ल्याउँन सकिनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यावसायमा नाफा कमाउँन केहि समय पर्खनु पर्नेछ । बौद्धिक ब्याक्तित्वहरु सामु तपाईले प्रस्तुत गर्नुभएको खरो प्रश्तुतिले सबैको मन जित्नेछ । भौतिक तथा मानव निर्मित स्रोत साधनको प्राप्तिको योग रहेकोछ । सन्तान तथा छोराछोरिको प्रगतिमा मन रमाउँनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) कृषि तथा पशुपालन व्यावसायमा समय लगानि गर्नेहरुका लागि भने समय उत्तम रहेकोछ । घर परिवार, आफन्त तथा आमासँग घरायसि कुरामा बिवाद सिर्जना हुँन सक्छ ध्यान दिनुहोला । तपाईले शुरु गर्नुभएको काममा बिभिन्न बाधा तथा अवरोधहरुबको सामना गर्नुपर्नेछ । तपाईले बनाएका गोप्य योजनाहरु सार्वजनिक गर्न केहि समय पर्खदा राम्रो हुँनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा प्रशस्त समय खर्चिय पनि भनेजस्तो नतिजा हात नलाग्न सक्छ । 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) स्वास्थ्य सम्बन्धि सामान्य समस्याले नसताउँला भन्न सकिन्न । बाद बिवाद तथा प्रतिश्पर्धामा आजको दिन सरिक नहुँदा नै राम्रो हुँनेछ भने मुद्दा मामिला तथा न्यायलयमा सहभागि भई बयान दिदा हारिने सम्भाबना रहेको छ । बिद्यामा उत्साजनक प्रगति नहुँदा मन चिन्तित रहला । राजनिति तथा समाजसेवामा भनेजस्तो नतिजा हात पार्न नसकिने हुँनाले आलोचना सहनुपर्ला । घर परिवारलाई छोडेर लामो दुरिको यात्रा गर्नुपदा मन खिन्न हुँनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) प्रेम प्रसङमा आफुले मायालुलाई आफ्नै वरिपरि देख्न पाउँदा मन खुसि हुँनेछ भने पति पत्निबिच मायाको डोरे कसिलो भएर जानेछ । फेसेनेवल तथा बिलाशि सामानको व्यापार व्यावसायबाट मनग्गे आम्दानि गर्न सकिनेछ । मिठो मसिनो तथा स्वादिष्ट भोजनका साथ रमाईलो गर्दै दिन कटाउँन सकिनेछ । बोलिको प्रभाव बढ्ने तथा थोरै बोलेर महत्वपुर्ण कामहरु फत्ते गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुँनाले नतिजा तपाईकै पोल्टोमा पर्नेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) पढाई लेखाईमा प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफुतिर ल्याउँन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुँनाले आर्थिक व्याबस्थापन सुदृड हुँनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्तबिचको सम्बन्धमा सुधार भएर जानेछ । सुन्दर तथा बिलाशि बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) न्यून पारिश्रमिकमा दिनभर काममा व्यास्त हुँनुपर्दा मन खिन्न हुँनेछ । आर्थिक अभावले महत्वपुर्ण कामहरु थाति हुँनेछन् । लामो दुरिको बैदेशिक यात्राको तय हुँनेछ भने बिदेशि भुमिमा बसेर श्रम गर्नेहरुले मनग्गे रुपैया पैसा कमाउँन सक्नेछन् । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या बढ्ने तथा औषधि उपचार खर्च बढेर जानेछ । अन्यकाममा सहभागि हुँदा पढाई लेखाई भने थाति रहनेछ ।

तपाईको दिन शुभ रहोस् । 
ज्योतिषि डिपि भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र
काठमाडौ, फोन नं.९७४१०६८९६२

नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप