मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

चिकित्सक संघलाई काठमाडौँ महानगरबाट १ हजार थान ज्याकेट सहयोग

शनिबार, १७ जेठ २०७७, १४ : ३९
शनिबार, १७ जेठ २०७७

 
काठमाडौँ । भरपर्दो सुरक्षा सामाग्री नहुँदा ज्यान जोखिममा राख्दै संक्रमितको उपचारका निरन्तर खटिरहेका चिकित्सकहरुलाई काठमाडौँ महानगरपालिकाले १ हजार थान ज्याकेट सहयोग गरेको छ । 

महानगरपालिकाका प्रमुुख विद्यासुन्दर शाक्यले नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डाक्टर भगवान कोइराला र नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर लोचन कार्कीलाई संयुक्त रुपमा ज्याकेट हस्तान्तरण गरेका हुन् । 
राष्ट्रियसभागृहमा ज्याकेट हस्तान्तरण गर्दै प्रमुख शाक्यले कोविड–१९ जस्तो अदृष्य शत्रुसँगको लडाईँमा ज्यान जोखिममा राख्दै  संक्रमितको उपचारका निरन्तर खटिरहेका चिकित्सकहरुलाई महानगरपालिकाको तर्फबाट सानो सहयोग गर्न पाउँदा खुशी लागेको बताए । 
काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले कोरोनालाई आतंकमाथिको आतंक हो भन्ने ढंगले बुझ्दा थप समस्या भएको भन्दै यस्तो सन्दर्भमा पनि जनचेतनाको आवश्यकता रहेको बताए । 
नेपाल मेडिकल काउन्सीलका अध्यक्ष डाक्टर कोइरालाले संयमता अपनाउने र बढी चिन्ता नलिने हो भने कोरोनाबाट धेरै हदसम्म बच्न सकिने बताए भने नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर कार्कीले काठमाडौँ महानगरपालिकाको सहयोगले आफूहरु उत्साहित भएको बताए। 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप