शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतमा एकैदिन भेटिए लगभग ८ हजार नयाँ संक्रमित, आँकडा पौने दुई लाख आसपास

शनिबार, १७ जेठ २०७७, १३ : २०
शनिबार, १७ जेठ २०७७

भारतमा पछिल्ला २४ घण्टामा ७ हजार ९ सय ६४ नया संक्रमित पुष्टि भएका छन् जुन एकैदिन भेटिएको हालसम्मको सर्वाधिक संख्या हो ।

यसका साथै देशमा कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार ७ हजार ६३ पुगेको छ ।

यीमध्ये ८२ हजारभन्दा बढी निकोसमेत भइसकेको छन् भने ८६ हजारभन्दा बढी अहिले पनि संक्रमित छन् ।

स्वास्थ्य मन्त्रालयले पछिल्लो एक दिनमा २ सय ६५ व्यक्तिको मृत्यु दर्ता गरेका छन् । यससँगै यहाँ मृतकको संख्या ४ हजार ९ सय ७१ रहेको छ ।

 महाराष्ट्र देशमा सबैभन्दा धेरै व्यक्ति संक्रमित छन्, त्यहाँ ६२ हजार २ सय २८ व्यक्तिमा संक्रमण देखिएको छ ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप