बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

इतिहासमा आज – बंगलादेशका राष्ट्रपति र उनका सहयोगीको हत्या

शनिबार, १७ जेठ २०७७, १२ : ३७
शनिबार, १७ जेठ २०७७

आज ३० मेइ ।

सन् १९८१ मा बङ्गलादेशका राष्ट्रपति जियाउर रहमान र उनका सहयोगीसहित ८ जनाको हत्या भयो । दक्षिण पूर्वी शहर चटगाउँमा सरकारसँग असन्तुष्ट भएर विद्रोह गरिरहेका केही सैनिकले गेस्ट हाउसमा हमला गरेका थिए, जहाँ राष्ट्रपति रहमान बसेका थिए । जब गेस्ट हाउसमा मानिसहरु चिच्याइरहेको सुनेपछि रहमानले उठेर ढोका खोले, तब उनलाई त्यही गोली हानियो ।

राष्ट्रपतिको सुरक्षामा तैनाथ एक सुरक्षाकर्मी उनका अन्य सहयोगी र एक आक्रमणकारीसहित यस हमलामा कुल आठ जना मारिएका थिए । यस हत्यालाई सैनिक विद्रोहकै हिस्सा मानिएको थियो । विद्रोहीका नेता मेजर जनरल मन्जुरले ‘कू’ प्रयास यसकारण गरेका थिए कि ढाकाको एक कम महत्त्वपूर्ण स्थानमा आफ्नो सरुवा भएकोमा उनी असन्तुष्ट थिए ।

राष्ट्रपति रहमानको हत्यापछि विद्रोही सैनिकले एक क्रान्तिकारी समिति बनाउने घोषणा गरेका थिए, तर उनीहरुको योजना पुरा भएन ।

रहमान पनि सैन्य पृष्ठभूमीकै नेता हुन् । उनी पाकिस्तानबाट अलग हुनका लागि बंगलादेशले गरेको स्वतन्त्रता आन्दोलनता आन्दोलनमा सहभागी भएका थिए । स्वतन्त्रतापछि उनी बंगलादेश सेनाको ब्रिगेड कमाण्डर, सहायक सेनापति हुँदै प्रधानसेनापनि बने । १९७७ देखि आफ्नो मृत्यु हुनअघिसम्म उनी राष्ट्रपति थिए ।

अन्य घटनाक्रम

सन् १९८७ – गोवालाई भारतमा अलग राज्यको हैसियत मिल्यो । भारतको २६ औँ राज्य बन्यो ।

सन् १९९८ – अफगानिस्तानमा ठूलो भूकम्प जाँदा झन्ड ५ हजार मानिसको मृत्यु ।

सन् २०१२– भारतीय खेलाडी विश्वनाथन आनन्द पाँचौ पटक विश्व चेस च्याम्पियन बन्न सफल । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप