केन्द्रीय संस्करण
कोरोनाभाइरस

बहुरुपी नोबेल कोरानाभाइरस– फोक्सो मात्रै हैन, अन्य अंगहरु पनि सखाप बनाउँछ

कोरोनाभाइरसको महामारीले शरीरका विभिन्न भागहरुमा थुप्रै अस्वभाविक नोक्सानीहरु पनि गर्ने गरेका रिपोर्टहरु आइरहेका छन्

person explore access_timeजेठ १७, २०७७ chat_bubble_outline0

नोबेल कोरोनाभाइरसले लगाउने रोगलाई कोभिड–१९ नामाकरण गरिएको छ । यस रोगले ग्रसित मानिस रोग चरमोत्कर्षतिर पुगेपछि फोक्सो खराब हुन्छ, सास फेर्न सक्दैन र मर्छ । मोटामोटीमा भन्दा नोबेल कोरोनाभाइरसले प्रारम्भिक रुपमा कोरोनाभाइरसले फोक्सोमा असर गर्छ, जसले निमोनिया, श्वासप्रश्वास फेल खुवाउने र प्रत्येक पाँचजनामध्ये एकजनामा एकभन्दा बढी अंगहरु काम नलाग्ने बनाइदिने गर्छ । अर्थात् यसले विरामीको फोक्सोमा आक्रमण गरेर त्यसलाई ध्वस्त बनाइदिन्छ भन्ने कुरा प्रारम्भिक अध्ययन अनुसन्धानहरुले प्रमाणित गरेको तथ्य हो ।

तर कुरा यतिमा मात्रै सीमित छैन । नोबेल कोरोनाभाइरसका बारेमा विश्व वैज्ञानिक जगत‍्ले अझै राम्ररी तहमा पुगेर थाहा पाउन सकेका छैनन् । सम्भवतः पूर्ण रुपमा यसको प्रकृति तथा यसले गर्ने बहुआयामिक स्वास्थ्य–असरहरुका बारेमा थाहा पाउन अझै केही समय लाग्छ होला । तर पछिल्ला अध्ययन अनुसन्धानहरुले देखाएको छ– नोबेल कोरोनाभाइरसले विरामीको फोक्सो मात्रै हैन, यसले त पुरै शरीरभरि नै पो असर पुर्याउँदो रहेछ ।

https://img.webmd.com


नोबेल कोरोनाभाइरसका बारेमा विश्व वैज्ञानिक जगत‍्ले अझै राम्ररी तहमा पुगेर थाहा पाउन सकेका छैनन् । सम्भवतः पूर्ण रुपमा यसको प्रकृति तथा यसले गर्ने बहुआयामिक स्वास्थ्य–असरहरुका बारेमा थाहा पाउन अझै केही समय लाग्छ होला । तर पछिल्ला अध्ययन अनुसन्धानहरुले देखाएको छ– नोबेल कोरोनाभाइरसले विरामीको फोक्सो मात्रै हैन, यसले त पुरै शरीरभरि नै पो असर पुर्याउँदो रहेछ ।


एउटा संक्रमणले मानिसको शरीरभित्र विभिन्न तरिकाले गम्भीर असर गर्न सक्छ र कोभिड–१९ ले चाहिँ ती सबै तरिकाहरुलाई आफूसँगै लिएर आएको देखिन्छ ।

कोरोनाभाइरसको महामारीले संसारलाई अस्तव्यस्त र हायलकायल बनाउँदै लैजाँदा त्यसले फोक्सोमा मात्रै हैन, शरीरका विभिन्न भागहरुमा अरु थुप्रै अस्वभाविक नोक्सानीहरु पनि गर्ने गरेका रिपोर्टहरु आइरहेका छन् ।

अहिले कोरोनाभाइरसका उपचार गरिरहेका डाक्टरहरुले थुप्रै अस्वभाविक र डरलाग्दा लक्षणहरु देखिने गरेको फेला पार्ने गरेका छन् जसमा शरीरका विभिन्न हिस्साहरुमा रगत जम्ने, मृगौला नष्ट हुने, मुटु सुन्निने तथा शरीरको प्रतिरक्षा प्रणालीले राम्रो काम गर्न नसक्ने जस्ता समस्याहरु पर्दछन् ।

‘यो रोगले आफूलाई थुप्रै तरिकाले विकसित गर्दै लैजान थालेको कुरा आश्चर्यजनक हुनुका साथसाथै निराशाजनक पनि छ,’ युनिभर्सिटी अफ फ्लोरिडामा कलेज अफ मेडिसिनका सहायक प्राध्यापक डा. स्कट वार्केनरिड्जको कथन छ । 

कोरोनाभाइरसको संक्रमणले मानिसहरुमा बहुअंग काम नलाग्ने समस्या देखापर्ने खतरालाई पनि बढाएको छ ।

साइटोकिन स्ट्रोम

शुरुमा कोभिड–१९  श्वासप्रश्वाससम्बन्धी रोगको रुपमा देखापर्छ । नोबेल कोरोनाभाइरसले शरीरमा आक्रमण गरेपछि पहिले यसले नाक, घाँटी र फोक्सोका कोषहरुमा संक्रमण गर्छ र त्यहाँ त्यो फैलिन वा विस्तार हुन थाल्छ । यसले गर्दा हामीलाई फ्लू जस्तो लक्षणहरु देखापर्न थाल्छ, जुन पछि विकसित हुँदै जाँदा निमोनियाको रुपमा विकसित भएर फोक्सोमा प्वाल नै पारिदिन पनि सक्छ । थुप्रै विरामीहरुका लागि सबैभन्दा खराब कुरा यही हो ।

https://www.nursingcenter.com


शरीरमा घुसेको भाइरसलाई मार्नका लागि शरीरको इम्युन सिस्टमले साइकोटिन्स (cytokines)  नाम गरेको प्रोटिन निस्कासन गर्छ जसले गर्दा रोग प्रतिरोधी कोषहरु हाम्रो शरीरको संक्रमित भागमा भाइरससंग लड्नका लागि आइपुग्न मद्दत गर्छ । तर कहिले काहीँ त्यस्तो साइकोटिन्स चाहिँदोभन्दा बढी मात्रामा  रगतमा निस्कासन  हुन्छ र शरीरका विभिन्न भागहरुमा त्यो फैलिन्छ । फलतः हाम्रो इम्युन कोषहरुले आफूले भेट्याएका जति सबै कुराहरुलाई शत्रु ठानेर मार्न थाल्छ ।


कोरोनाको यो आक्रमण हुँदा हाम्रो शरीरमा केही नभइरहेको वा चुपचाप अवस्थामा चाहिँ रहँदैन । हाम्रो शरीरको रोग प्रतिरोधी शक्ति, जसलाई हामी सजिलो गरी भन्दा इम्युन सिस्टम भनेर पनि बुझ्ने गर्छौं, ले त्यसका विरुद्ध प्रत्याक्रमण गरिरहेको हुन्छ । शरीरमा घुसेको भाइरसलाई मार्नका लागि शरीरको इम्युन सिस्टमले साइकोटिन्स (cytokines)  नाम गरेको प्रोटिन निस्कासन गर्छ जसले गर्दा रोग प्रतिरोधी कोषहरु हाम्रो शरीरको संक्रमित भागमा भाइरससंग लड्नका लागि आइपुग्न मद्दत गर्छ । तर कहिले काहीँ त्यस्तो साइकोटिन्स चाहिँदोभन्दा बढी मात्रामा  रगतमा निस्कासन  हुन्छ र शरीरका विभिन्न भागहरुमा त्यो फैलिन्छ । फलतः हाम्रो इम्युन कोषहरुले आफूले भेट्याएका जति सबै कुराहरुलाई शत्रु ठानेर मार्न थाल्छ । यो प्रतिक्रियालाई साइटोकिन स्ट्रोम (cytokine storm)  भनिन्छ । यसले हाम्रो शरीरमा वृहत् मात्रामा इन्फ्लेमेशन पैदा गराउँछ, शरीरको रक्तनलीहरुलाई कमजोर बनाउँछ । फलतः हाम्रो फोक्साको हावा थैलीहरुमा तरल पदार्थ भरिन थाल्छ । यसले गर्दा हाम्रो श्वासप्रश्वास प्रणाली असफल बन्न जान्छ । यो साइटोकिन स्ट्रोमले फोक्सो मात्रै हैन, हाम्रो कलेजो वा मृगौलालाई पनि नष्ट गर्न सक्छ जसले गर्दा हाम्रो शरीरमा बहुअंग काम नलाग्ने बन्न जान्छ ।

मुटुमा असर

त्यसो त कोरोनाभाइरसले प्रत्येक पाँच जनामध्ये एकजनामा फोक्सो बाहेक मुटुमा पनि असर गर्ने गरेको कुरा चीनमा कोभिड–१९ का विरामीहरुमाथि गरिएको एक अध्ययन मा देखिएको थियो ।

सबैले थाहा पाएकै कुरा हो कि मुटुले शरीरभरि रगत पम्प गर्ने गर्छ । उसले शरीरका दुषित रगतलाई फोक्सोबाट प्राप्त हुने अक्सिजनबाट शुद्ध गरेर शरीरभरि शुद्ध अक्सिजन पुर्याउने काम पनि गर्छ । श्वासप्रश्वासलाई असर गर्ने कोरोनाभाइरस र इन्फ्लुएन्जा जस्ता भाइरसहरुले शरीरको यो सन्तुलनको चक्रलाई गडबड गराइदिन्छ । भाइरसको फोक्सोलाई आक्रमण गरेपछि त्यसले सही ढंगले काम गर्न  छोड्छ र रगतमा अक्सिजन पनि राम्ररी आपूर्ति गर्न सक्दैन । त्यसबाहेक, भाइरसले रक्तनलीहरुमा पनि इन्फ्लेमेसन गराउँछ जसले गर्दा ती रक्तनलीहरु खुम्चिन्छ र मटु लगायत शरीरका अंगहरुमा कम रगत आपूर्ति हुन थाल्छ । यो स्थितिमा शरीरका सबै भागमा अक्सिजन र पोषण पुर्याउनका लागि मुटुले स्वभाविक भन्दा बढी नै काम गर्नुपर्ने हुन्छ । यो अवस्थामा मुटुका रोगहरु देखापर्न सक्छ ।

एउटा अस्वभाविक तर अहिलेसम्म व्याख्या गर्न नसकिएको लक्षण सामान्य अवस्थामा स्वस्थ रहेका युवामा देखिने गर्छ, जसलाई मायोकार्डिटिस भनिन्छ । सापेक्षित रुपमा अत्यन्तै दुर्लभ मानिने यो अवस्थामा इन्फ्लेमेसनले मुटुको मांसपेशीलाई कमजोर तुल्याउने गर्छ ।

https://static.scientificamerican.com


एउटा अध्ययन रिपोर्टलेकोरोनाभाइरसले सोझै मुटुलाई नै संक्रमित तुल्याउन सक्ने सम्भावनालाई पनि औंल्याएको छ । भाइरसले रिसेप्टर भन्ने प्रोटिनलाई ढोकाको रुपमा प्रयोग गर्दै कोषहरुमा प्रवेश गर्ने गर्छ । कोरोनाभाइरसको केसमा पनि उसले कोषमा प्रवेश गर्न उपयोग गर्ने एसीई–२ भनिने त्यो रिसेप्टर मुटुमा पनि पाइने गरेको वैज्ञानिकहरुले पाएका छन् । यो त्यही रिसेप्टर हो, जसलाई सार्स–कोभ–२ ले फोक्सोमा आक्रमण गर्न उपयोग गर्छ ।


एउटा अध्ययन रिपोर्टले कोरोनाभाइरसले सोझै मुटुलाई नै संक्रमित तुल्याउन सक्ने सम्भावनालाई पनि औंल्याएको छ । भाइरसले रिसेप्टर भन्ने प्रोटिनलाई ढोकाको रुपमा प्रयोग गर्दै कोषहरुमा प्रवेश गर्ने गर्छ । कोरोनाभाइरसको केसमा पनि उसले कोषमा प्रवेश गर्न उपयोग गर्ने एसीई–२ भनिने त्यो रिसेप्टर मुटुमा पनि पाइने गरेको वैज्ञानिकहरुले पाएका छन् । यो त्यही रिसेप्टर हो, जसलाई सार्स–कोभ–२ ले फोक्सोमा आक्रमण गर्न उपयोग गर्छ ।

‘कसैले पनि  वायोप्सी गरेर वास्तवमा मुटुको मासुको कोषहरुमा नोबेल कोरोनाभाइरसको अंशहरु हुन्छ भनेर विश्वस्त हुने गरी देखाउन सकेका छैनन्,’ अमेरिकन हार्ट एशोसिएसनका पूर्व अध्यक्ष तथा नर्थ वेस्टर्न युनिभर्सिटी फेनवर्ग स्कुल अफ मेडिसिनका कार्डियोलोजीका प्रोफेसर रोबर्ट बोनाउ भन्छन् ।  उनका अनुसार, त्यस्तो मायोकार्डिटिसको समस्या साइटोकिन स्टोर्मका कारण पनि भएको हुन सक्छ । त्यसो छत ठेउला, एचआईभीका भाइरसहरुले सोझै मुटुमा असर गर्ने गरेको पनि पाइन्छ । अहिले अनुसन्धानहरुले नोबेल कोरोनाभाइरसले रक्तनलीका भित्ताहरुमा आक्रमण गर्न सक्ने देखाएको छ ।

यी कुराहरुले कोभिड–१९ लाई मुटुसम्बन्धी समस्याको रुपमा पनि वर्गीकरण गर्ने पो हो कि भन्ने प्रश्न पनि उठेका छन् । ‘यसले आजभोलि विरामीलाई कसरी उपचार गर्ने भन्ने प्रश्न पनि उठेको छ,’ बोनाउ भन्छन्, ‘जब एउटा ७५ वर्षको बुढो मान्छे छात्तीमा पीडा भएर अस्पताल आउँछ, त्यो हार्ट एट्याक हो वा कोभिड ?’

रगत जम्ने समस्या

तर यो भाइरसले शरीरमा गर्ने असरहरुमध्ये सबैभन्दा खतरनाक चाहिँ यसले रक्तनलीका भित्ताहरुमा गर्ने असर हो, जसले त्यहाँ अस्वभाविक रुपमा रगतलाई जमाइदिने गर्छ ।

धेरै विरामीहरुमा, कोभिड–१९ का कारण थरिथरिका तरिकाले रगत जम्ने समस्याहरु देखिएका छन् ।

https://encrypted-tbn0.gstatic.com

आजभन्दा १६० वर्ष पहिले, जर्मन चिकित्सक रुडोल्फ भिर्चोउले असामान्य ढंगले रगत जम्ने तीनवटा कारणहरु बताएका थिए । पहिलो, रक्तनलीका भित्री भागहरु संक्रमणका कारण क्षतिग्रस्त हुँदा त्यसले निस्कासन गर्ने प्रोटिनहरुका कारण रगत जम्ने गर्छ । दोस्रो,लामो समयसम्म हलचल नगर्दा रगतको प्रवाह रोकिन्छ र रगत जम्छ । तेस्रो, रक्तनलीहरुमा प्लाटेलेट्स र घाउ निको पार्न बगिरहने अन्य प्रोटिनहरु इन्फ्लेमेशन वा अन्य वंशाणुगत रोगहरुका कारण जम्ने गर्छ ।

‘मेरो विचारमा ती माथिका तीनै कारणहरुले कोभिडमा भूमिका निर्वाह गरिरहेका छन्,’ युनिभर्सिटी अफ पेन्निसिलभानियाका अस्पतालका रगत जम्ने समस्याका विशेषज्ञ तथा एसोसिएट प्रोफेसट आडम क्युकेर भन्छन् ।

‘यो भाइरसले कोभिडमा जस्तै स्थानीय स्तरमा इन्फ्लेमेसनका समस्याहरु पैदा गराइदिने गर्छ ,जसले गर्दा रगत जम्ने समस्या देखापर्छ,’ वेन्गरटर भन्छन्, ‘यो भाइरसले रक्तनलीहरुमा सोझै असर गरेका कारण भइरहेका छन् ।’


डाक्टरहरुको अर्को समूहले युवा रोगीहरुमा अस्वभाविक रुपमा मस्तिष्कघातको समस्या देखापरेको जनाएका छन् । त्यसबाहेक, उनीहरुले कोरोना संक्रमितको फोक्सोमा रगत जम्ने गरेको पनि पाएका छन् । लस एन्जेलेसका सेडर्स–सिनाई मेडिकल सेन्टरमा कोभिड–१९ का रोगीहरुको उपचार गरिरहेका डा. ओरेन फ्रेडम्यानका अनुसार ‘ल्याब चिकित्सकहरुले ससाना नलीहरुमा रगत जमेको फेला पारेका छन् ।’


डाक्टरहरुको अर्को समूहले युवा रोगीहरुमा अस्वभाविक रुपमा मस्तिष्कघातको समस्या देखापरेको जनाएका छन् । त्यसबाहेक, उनीहरुले कोरोना संक्रमितको फोक्सोमा रगत जम्ने गरेको पनि पाएका छन् । लस एन्जेलेसका सेडर्स–सिनाई मेडिकल सेन्टरमा कोभिड–१९ का रोगीहरुको उपचार गरिरहेका डा. ओरेन फ्रेडम्यानका अनुसार ‘ल्याब चिकित्सकहरुले ससाना नलीहरुमा रगत जमेको फेला पारेका छन् ।’

‘यो कुरामा कुनै शंका यो भाइरसले रक्तनलीका हिस्साहरुमा रगत जम्ने कुरामा र रक्तनलीहरुमा प्रत्यक्ष असर गरिरहेको छ, जसको सोझो अर्थ हो यसले पूरै शरीरमा असर गरिरहेको छ,’ डा. फ्रेडम्यान भन्छन् ।

 ‘थाहा भएकै कुरा हो, हाम्रा प्रत्येक अंगहरु रक्तनलीमामार्फत् पोषण पाइरहेका हुन्छन्, यस अर्थमा भाइरसले रक्तनलीहरुमा असर गर्दा त्यसले शरीरका अन्य अंगहरुलाई पनि नोक्सान पुर्याउँछ,’ डा. वार्केनरिड्ज भन्छन् । ‘यो अत्यन्तै उल्झनपूर्ण दृश्य हो । यो कुरालाई सही ढंगले बुझ्नका लागि अझै केही समय लाग्छ,’ उनी भन्छन् ।

चिकित्सकहरुका अनुसार साइटोकिन स्ट्रोमले केही वयस्क विरामीहरुमा फोक्सो नोक्सान हुने तथा त्यहाँ अस्वभाविक रुपमा रगत जम्ने समस्या देखिएका छन् ।

कोभिडका कारण व्यापक मात्रामा हुने रगत जम्ने समस्याले चिकित्सकहरुलाई पनि तीनछक्क पारिदिएको छ । गत अप्रिल महिनाको अन्त्यतिर वाशिंगटनपोष्टमा छापिएको एक रिपोर्टअनुसार, त्यस्तो रगत जम्ने प्रक्रिया अत्न्तै अस्वभाविक तरिकाले हुने गरेको छ ।  रक्त प्रवाहमा देखापर्ने त्यस्ता ससाना सूक्ष्म रगत जम्ने प्रक्रिया फोक्सोमा जम्मा हुने गर्छ र त्यसले मृगौलाका रोगीहरुको उपचारमा प्रयोग हुने डाइलाइसिस मेशिनलाइ समेत जाम गराइदिने गर्छ ।

युनभिर्सिटी अफ पेन्सिलभानियाको गहन उपचार कक्ष (आइसीयु) मा कोभिड–१९ का विरामीहरुमा त्यस्तै कक्षमा उपचार गराइरहेका अन्य विरामीहरुको तुलनामा तीन गुना बढी रगत जम्ने समस्या देखिएको पाइएको छ ।

त्यसरी रगत किन जम्छ भन्ने कुरा अहिलेसम्म पत्ता लागिसकेको छैन तर त्यसका पछाडि इम्युन सिस्टमको बढी नै सक्रियता जिम्मेवार हुने अनुमान गरिएको छ ।

अप्रत्याशित मस्तिष्कघात

कोभिड–१९ का विरामीहरुमध्ये कतिपय विरामीहरुमा अप्रत्याशित मस्तिष्कघातको समस्या पनि दिेखापर्ने गरेको छ । खासगरी, अरु मुटुसम्बन्धी खासै समस्या नभएका तर कोभिड–१९ का युवा रोगीहरुमा यस्तो समस्या देखिन थालेको छ । सामान्य अवस्थामा यस्तो समस्या बुढ्यौली उमेरका मानिसहरुमा बढी देखिने गर्छ ।

यस्तो समस्या सार्सको महामारीको बेलामा पनि सन् २००२–०३ तिर देखिएको थियो ।

https://specials-images.forbesimg.com


इस्केमिक भनिने यो समस्या हुँदा मस्तिष्कमा अक्सिजन बोकेको रगत लामो समयसम्म आपूर्ति हुन सक्दैन, जसले गर्दा मस्तिष्कको त्यो हिस्सा नष्ट भएर वा काम गर्न नसक्ने भएर जान्छ । त्यसले गर्दा कोरोनाभाइरस संक्रमितमा बोल्न, हेर्न वा हिँड्न कठिनाई हुने समस्या पनि देखापर्न सक्छ । कतिपय कोभिड–१९ को विरामीमा चाहिँ हेमोरेजिक स्ट्रोक भनिने रक्तनलीहरु फुटेर मस्तिष्कमा रगत जम्ने र त्यहाँका कोषहरुलाई थिच्ने जस्ता समस्या पनि देखापर्न सक्छ ।


इस्केमिक भनिने यस्तो मस्तिष्कघात मुख्य गरेर मस्तिष्कमा जाने रक्तनलीमा रगत जमेर हुने गरेको पाइएको छ । त्यसो त यो तरिकाले मस्तिष्कघात हुने घटना अमेरिकामा मात्रै वर्षेनी ६ लाख ९० हजार मानिसहरुमा मुटुसम्बन्धी समस्याहरुका कारण देखापर्ने गर्छ ।  यो समस्या हुँदा मस्तिष्कमा अक्सिजन बोकेको रगत लामो समयसम्म आपूर्ति हुन सक्दैन, जसले गर्दा मस्तिष्कको त्यो हिस्सा नष्ट भएर वा काम गर्न नसक्ने भएर जान्छ । त्यसले गर्दा कोरोनाभाइरस संक्रमितमा बोल्न, हेर्न वा हिँड्न कठिनाई हुने समस्या पनि देखापर्न सक्छ । कतिपय कोभिड–१९ को विरामीमा चाहिँ हेमोरेजिक स्ट्रोक भनिने रक्तनलीहरु फुटेर मस्तिष्कमा रगत जम्ने र त्यहाँका कोषहरुलाई थिच्ने जस्ता समस्या पनि देखापर्न सक्छ ।

कोभिड–१९ का रोगीहरुमा यस्तो समस्या कति हुने गर्छ भन्नेबारे विस्तृत अध्ययन भएको छैन तर आइसीयुमा भर्ना भएका विरामीहरुमा त्यस्तो समस्या भेटिएका छन् ।

मस्ष्तिकको इन्फ्लेमसन

कोभिड–१९ का विरामीहरुमा मस्तिष्कमा इन्फ्लेमेसनको समस्या हुने पनि केही केसहरुमा देखिएका छन् । गियान बारे सिन्ड्रोम (Guillain–Barré syndrome) भनिने दुर्लभ जस्तै मानिने यो समस्यामा  हाम्रो शरीरको इम्युन सिस्टमले मस्तिष्क लयात शरीरका स्नायु प्रणालीमा आक्रमण गर्छ । यो समस्यामा विरामीमा काम छुट्ने, भ्रमित हुने र रोग जटील हुँदा प्यारालाइसिस समेत हुने गर्छ । 

त्यसो त यस्तो समस्या अरु भाइरसहरु जस्तै, रेविज, सार्स, हर्पिस आदिमा पनि देखापर्ने गर्छ ।

बच्चाहरुमा विचित्रका समस्याहरु

शुरु शुरुमा के विश्वास गरियो भने नोबेल कोरानाभाइरसले रोग प्रतिरोधी क्षमता कमजोर भएका तथा उमेरले नेटो काटेकाहरुलाई बढी असर गर्छ । बच्चाहरुलाई यसले खासै असर गर्दैन । तर अहिले त्यो विश्वास ध्वस्त भइसकेको छ । नोबेल कोरोनाभाइरसले बच्चाहरुलाई पनि आक्रमण गर्ने र उनीहरुको रोग प्रतिरोधी क्षमतालाई बढी प्रतिक्रिया गर्नेबनाएर उल्टै खतरनाक स्थिति पैदा गराउने गरेको पाइएको छ ।

अमेरिकामा कोभिड–१९ का बच्चा रोगीहरुमा ‘पेडियाट्रिक मल्टिसिस्टम इन्फ्लामेटोरी सिन्ड्रोम’ देखिएको छ । पीआइसीयु–कोभिड–नाइन्टिन कोलाब्रेसन भनेर चिनिने बालरोग विशेषज्ञहरुको अन्तर्राष्ट्रिय प्यानलका अनुसार यस ‘सिन्ड्रोम’मा लगातार ज्वरो आउने, सुन्निने, एक वा बढी अंगहरुको काम कमजोर हुने, आघात जस्ता लक्षणहरु देखापर्न सक्छ ।

https://kpbs.media.clients.ellingtoncms.com


अमेरिकामा कोभिड–१९ का बच्चा रोगीहरुमा ‘पेडियाट्रिक मल्टिसिस्टम इन्फ्लामेटोरी सिन्ड्रोम’ देखिएको छ । पीआइसीयु–कोभिड–नाइन्टिन कोलाब्रेसन भनेर चिनिने बालरोग विशेषज्ञहरुको अन्तर्राष्ट्रिय प्यानलका अनुसार यस ‘सिन्ड्रोम’मा लगातार ज्वरो आउने, सुन्निने, एक वा बढी अंगहरुको काम कमजोर हुने, आघात जस्ता लक्षणहरु देखापर्न सक्छ । ‘केही केसहरुमा, संक्रमित बच्चामा आघात देखापर्छ भने केहीमा कावासाकी रोगका लक्षणहरु, कतिपयमा चाहिँ साइटोकिन स्ट्रोमका लक्षणहरु पनि देखिन्छन् ।


‘केही केसहरुमा, संक्रमित बच्चामा आघात देखापर्छ भने केहीमा कावासाकी रोगका लक्षणहरु, कतिपयमा चाहिँ साइटोकिन स्ट्रोमका लक्षणहरु पनि देखिन्छन् । केही भौगोलिक क्षेत्रहरुमा चाहिँ आघातका लक्षण नदेखिएका बच्चाहरुम कावासाकी रोगमा बृद्धि भएको देखिन्छ,’ बोस्टन बाल अस्पतालका वाथरोग विशेषज्ञ डा. मेरी बेथ सन भन्छन् । कावासाकी रोगमा मध्यम खालका नसाहरु सुन्निने गर्छ जसले मुटुलाई क्षति तुल्याउन सक्छ । डाक्टरहरुका अनुसार यसो हुनुको कारण चाहिँ साइकोटिन सिन्ड्रोमको रुपमा मानिने प्रतिरक्षा प्रणाली बढी सक्रिय भएर भएको हुन सक्छ ।

‘तपाईंको रोग प्रतिरोधी क्षमताले  भाइरसका विरुद्धमा बढी नै प्रतिक्रिया गरिरहेको हुन सक्छ, त्यसले गर्दा कावासाकी जस्तो रोगहरु लाग्न सक्छ,’ पोमोना, न्यूजर्सीका बालरोग विशेषज्ञ डा. ग्लेन बडनिक भन्छन्  ।

‘सार्स–कोभ२का विरुद्ध बच्चाहरुमा निर्माण भइरहेको एन्टीबडीले पनि उनीहरुको शरीरमा इम्युन रियाक्सन पैदा भइरहेको पनि हुन सक्छ, कसैलाई थाहा छैन यथार्थ के हो,’ कावासाकी रोग विशेषज्ञ तथा बोस्टन चिल्ड्रेन्स प्यानलका हृदयरोग विशेषज्ञ जेन न्युबर्गर भन्छन् ।

भाइरसले रोगप्रतिरोधी क्षमता मार्दैछ !

‘केही प्रमाणहरुले देखाएअनुसार यो भाइरसका विरुद्धमा शरीरमा कडा प्रतिरोधी प्रतिक्रिया देखिएको छैन, बरु वास्तवमा भाइरसले चाहिँ शरीरको रोग प्रतिरोधी क्षमतालाई दबाइरहेको छ,’ ब्रेकेनरिड्ज भन्छन् । त्यसले भाइरसलाई सोझै शरीरका अंगहरुमा आक्रमण गर्न सजिलो बनाइदिन्छ ।

नेचर मेडिसिन जर्नलमा प्रकाशित एक अध्ययनले माथिका दुवै सिद्धान्तहरुलाई समर्थन गर्छ ।

चीनको सेनजेनस्थित थर्ड पिपुल्स हस्पिटलका डा. झेङ  झाङ र उनका सहयोगीहरुले नौजना कोभिडका विरामीहरुको फोक्सोबाट लिइएको इम्युन कोषहरुको नमूना विश्लेषण गर्दा त्यसमा  अस्वभाविक रुपले धेरै मात्रामा माइक्रोफेज र न्यूरोफिल भनिने इम्युन सेलहरु तथा साथसाथै सकाकोटिन्स र केमोकिन्स भनिने इम्युन सिग्नल दिने रसायनहरु फेला पारेका थिए । ती गम्भीर विरामीहरुमा उँचो मात्रामा बृद्धि भएको अर्को इम्युन कोष टी सेलहरु फेला पारेका थिए ।


चीनको सेनजेनस्थित थर्ड पिपुल्स हस्पिटलका डा. झेङ  झाङ र उनका सहयोगीहरुले नौजना कोभिडका विरामीहरुको फोक्सोबाट लिइएको इम्युन कोषहरुको नमूना विश्लेषण गर्दा त्यसमा  अस्वभाविक रुपले धेरै मात्रामा माइक्रोफेज र न्यूरोफिल भनिने इम्युन सेलहरु तथा साथसाथै सकाकोटिन्स र केमोकिन्स भनिने इम्युन सिग्नल दिने रसायनहरु फेला पारेका थिए । ती गम्भीर विरामीहरुमा उँचो मात्रामा बृद्धि भएको अर्को इम्युन कोष टी सेलहरु फेला पारेका थिए ।


तर गम्भीर लक्षण भएका विरामीहरुमा चाहिँ भाइरस संक्रमित कोषहरुलाई नष्ट गर्ने सीडी–८ टी कोषहरु कम फेला पारेका थिए ।

चिकित्सकहरुका अनुसार उनीहरुले यी समस्याहरुको उपचार पनि खोजिरहेका छन् । रगत पातलो बनाउने औषधीले अस्वभाविक रगत जम्ने समस्यालाई हल गर्न सक्छ भने इम्युनलाई छेकने औषधीहरुले साइटोकिन स्ट्रोमलाई नियन्त्रण गर्न सक्ने उनीहरुले आशा गरेका छन् ।

छालामा असर

धेरै समस्या गर्ने खालको नभएपनि अहिले कोरोनासंक्रमणले चिकित्सकहरुलाई आश्चर्यचकित तुल्याइरहेको एउटा समस्या चाहिँ कोभिड–टोइज पनि हो । यसमा कोभिड–१९ का रोगीहरुको छालाहरुमा दुख्ने खालका डाबर र दागहरु देखापर्ने, हातखुट्टाका औंलाहरु विशेष गरेर खुट्टाको बुढी औंठा सुन्निएर रातो वा बैजनी रंगको देखिन्छ ।

चिकित्सकहरुका अनुसार त्यसो हुनुको कारण चाहिँ कोभिड–१९ का कारण रक्तनलीमा रगत जम्ने समस्या पनि हुन सक्छ ।

‘कोभिड–टोइजको समस्यामा परेका विरामीहरुले आफ्नो पाइतालामा रातो दाग देखापरेको बताइरहेका छन् । यसो  हुनुको कारण बुढी औंठाहरुका रक्तनलीमा रगत जमेको गर्दा हुन सक्छ,’ क्लेभल्याण्ड क्लिनकका धमनी विशेषज्ञ डा. हम्बेर्टो  चोइ भन्छन् । उनका अनुसार, सामान्यतः यो अरु कुनै गम्भीर लक्षणसँग जोडिएको हुँदैन ।

स्रोतः सीएनएन, नेशनल जियोग्राफीTitle Photo Source: https://img.medscape.com

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.