शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तुलसीपुरमा २८ वर्षीय युवकको हत्या

शनिबार, १७ जेठ २०७७, ११ : ४४
शनिबार, १७ जेठ २०७७

दाङ – तुलसीपुरमा एक युवकको हत्या भएको छ । तुलसीपुर उपमहानगरपालिका– ९ मैनामगर निवासी २८ वर्षीय मन्दिप भुजेलको गएराति हत्या भएको हो । 

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक चक्र डम्बरपालका अनुसार अटोभिलेजदेखि करिब डेढ सय मिटर उत्तरतर्फ ज्ञानज्योति आधारभुत विद्यालयको भवन पछाडी भुजेलको आज बिहान शव फेला परेको हो । 

मृत अवस्थामा भुजेलको शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी निरीक्षक डम्बरपालको नेतृत्वमा घटनास्थल पुगेको प्रहरी टोली अनुसन्धान सुरु गरेको छ ।  

यसैबिच प्रहरीले अनसुन्धानका लागि स्थानीय ३ जना युवकलाई नियन्त्रणमा समेत लिएको छ । भुजेलले अटोभिलेजमा रेडिवाटरको काम गर्थे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप