मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

कार्यकक्षमा बेहोस भएर लडेका प्रहरी नायब निरीक्षकको मृत्यु

शनिबार, १७ जेठ २०७७, ११ : ३८
शनिबार, १७ जेठ २०७७

काठमाडौँ - महानगरीय प्रहरी प्रभाग लुभुका प्रमुख प्रहरी नायब निरीक्षक (सई) टेकबहादुर माझीको मृत्यु भएको छ । शुक्रबार अपरान्ह कार्यकक्षमै बेहोस भेटिएका माझीको उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको हो । 

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले सई माझीको अल्का–२ मा उपचारको क्रममा मृत्यु भएको पुष्टि गरे । 
गम्भीर अवस्थामा अस्पताल लगिएका माझी कार्यक्षेत्रमै खटिएको समयमा लडेको एसएसपी राईले बताए । कार्यकक्षमै ढलेर रगत भोमिट गरेका सई माझीलाई तत्कालै पाटन अस्पताल लगिएको थियो ।
 
टाउकोमा रगत जमेको पत्ता लागेपछि उनको शुक्रबार रातिनै पाटन अस्पतालबाट अल्का अस्पताल रिफर गरिएको एसएसपी राईले बताए । शल्यक्रियापश्चात पनि उनलाई बचाउन नसकिएको प्रहरीको भनाइ छ । 

रामेछाप घर भएका खटिएका माझी संगठनमा इमान्दार र क्षमतावान प्रहरीको रुपमा चिनिन्थे । दुई महिनाअघि मात्र लुभुमा इञ्चार्जका रुपमा माझीलाई जिम्मेवारी दिइएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप