शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शनिबार कुन राशि हुनेहरुका लागि फलदायी ?

शनिबार, १७ जेठ २०७७, ०६ : १५
शनिबार, १७ जेठ २०७७

वि.सं.२०७७ साल जेठ १७ गते । शनिबार । ईश्वी सन् २०२० मे ३० तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेष्ठ शुक्लपक्ष । तिथि– अष्टमी,२९ घडी ५२ पला,बेलुकी ०५ बजेर ०८ मिनेट उप्रान्त नवमी । नक्षत्र– पूर्वाफाल्गुनी, ५३ घडी ०९ पला,रातको,०२ बजेर २६ मिनेट उप्रान्त उत्तरफाल्गुनी । योग– हर्षण,३१ घडी १५ पला,बेलुकी ०५ बजेर ४१ मिनेट उप्रान्त बज्र । करण– भद्रा,बिहान ०६ बजेर १२ मिनेट उप्रान्त बव,बेलुकी ०५ बजेर ०८ मिनेट उप्रान्त बालव । आनन्दादिमा–लुम्ब योग । चन्द्रराशि–सिंह । काठमाडौंमा सूर्योदय ०५ बजेर १० मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५२ मिनेट । दिनमान ३४ घडी १५ पला । अष्टमी व्रत। गोरखकाली पूजा। वायु अष्टमी ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बौद्धिक व्याक्तित्वहरु सामु तपार्ईँले प्रस्तुत गर्नुभएको खरो प्रश्तुतिले सबैको मन जित्नेछ । पढाइ लेखाइमा अरुभन्दा एक कदम अगी बढि नतिजा आफैतिर ल्याउँन सकिनेछ । भौतिक तथा मानव निर्मित स्रोत साधनको प्राप्तीको योग रहेकोछ । सन्तान तथा छोराछोरिको प्रगतीमा मन रमाउँनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । तरपनि व्यापारमा मन्दि आउनेछ ।
 
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) राजनीति तथा समाजसेवामा जनताको काम समयमा गर्न  नसक्दा आलोचनाको शिकार हुनुपर्नेछ । कषि तथा पशुपालन व्यावसायमा लागनी बढाई मनग्गे लाभ लिन सकिनेछ । पढाइ लेखाइमा समय दिन नसकिने हुदा अरुभन्दा पछि परिनेछ । सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउँने तथा कामहरु समयमा सकाउँन मुस्किल पर्नेछ । माया प्रेममा सामान्य मनमुटाव सिर्जना हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) उद्योग तथा व्यापार व्यावसायमा समय प्रतिकुल रहेकोले घाटा सहनुपर्ला । यात्रा गर्दा ध्यान दिनुहोला दुख पाइनेछ । दाजुभाई तथा छिमेकिको साथ नपाइने हुँदा मन खिन्न रहनेछ । मुद्दा मामिला तथा प्र्रतिश्पर्धामा तपार्ईँको पक्षमा निर्णय नआउदा मानशिक तनाव बढ्नेछ । बिद्यामा गरीएको लगानीबाट सन्तोषजनक नतिजा आउनेछ । प्रयण सम्बन्धमा चिसोपन बढ्ने भएपनि अन्तत एक अर्कालाई बुझ्दै अगाडि बढ्न सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सामाजिक काम गरी नाम कमाउन सकिनेछ भने समाजमा सम्मानित हुने योग रहेकोछ । पढन पाढनमा मन जाने हुनाले स्कूल तथा कलेजमा तपार्ईँको नाम अग्र स्थानमा आउँनेछ । शुभ समाचारले मनमा थप उत्साह जगाउँनेछ भने नयाँ काम थालनी गर्दा भविश्यमा मनग्गे धन लाभ हुनेछ । प्रेममा रमाउन चाहने हरुले भरपुर रमाईलो गर्न सक्नेछन् । पारिवारिक माहोलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) कामगरी अरुलाई प्रभावित पार्न सकिनेछ भने समाजमा मान सम्मानमा बृद्धि भएर जानेछ । अध्ययनमा प्रगती हुनेछ भने अरुलाई पछी पार्दै नतिजा आफैतिर ल्याउँन सकिनेछ । राजनीति गर्नेहरुले राज्यबाट पद पाउने समय रहेकोछ । विलासी वस्तुको प्रयोग मार्फत अरुको मन लोभ्याउन सकिनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) पढाइ लेखाइमा सफलता पाउँन निकै नै मिहिनेत गर्नुपर्नेछ । स्वास्थ्यमा केहि खरावी हुन सक्छ ख्याल गर्नुहोला । माया प्रेममा नजिक भई मनका भावना साटासाट गर्न सकिनेछ । तरपनि समय प्रतिकुल रहेकोले सरसफाईमा ध्यान दिनुहोला । अत्यावस्यक काममा बाहेक यात्रा नगर्नुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आर्थिक व्यावस्थापन तथा रुपैया पैसाको कारोबार गर्दा ध्यान दिनुहोला सहि तरिकाले बाडफाड गर्न नसक्दा कामहरु थाती रहनेछन् । पैत्रिक धन तथा सम्पतीमा बिवाद आउँने योग रहेकोछ भने दाजुभाईसँग काम गर्दा सामान्य मनमुटाव हुनेछ । पढाइ लेखाइमा मन नजाने हुनाले नतिजा अरुकै पोल्टोमा जानेछ । मायाप्रेमका कोपिलाहरु फक्रन नपाउँने हुनाले मन दुखी हुनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । व्यापार व्यावसायमा नाँफा कमाउन निकै मिहिनेत गर्नुपर्ला । काममा खुट््टा तान्नेहरु सक्रिय रहनेछन् । पढाइ लेखाइमा अल्छी गर्नाले अरुभन्दा पछि परिनेछ । मायाप्रेममा अविस्वास बढ्नेछ । बुवा वा बुवासरहका मानिससँग मनमुटाव सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्वन्धी समस्या आउँनेछ ।
 
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) लगनशिल तथा ईमान्दारिताले समाजका मान सम्मानमा बृद्धि भएर जानेछ । प्रेम प्रशङको गाठो कसिलो भएर जानेछ भने नया ठाउँबाट प्रेम प्रस्ताव आउँने अधिक सम्भावना रहेकोछ । पढाइ लेखाइमा प्रसस्त समय दिन सकिने हुदा भनेजस्तो उपलव्धी हासिल गर्न सकिनेछ । तरपनि सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) कामका सवालमा उठ्ने गोप्य कुराहरु बाहीर आउँन सक्ने हुनाले सजक रहनु पर्नेछ । श्वासप्रश्वास तथा छाती सम्वन्धी समस्याले सताउँने हुदा काम गर्न अप्ठ्यारो महशुस हुनेछ । दिदी बहिनीसँग मनमुटाव बढ्ने योग रहेकोछ । सवारी साधन तथा भौतिक सम्पतिको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला,दिन मध्ययम रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आफन्त तथा साथिभाईसँग मिठा मिठा परिकारका स्वाद लिदै दिन कटाउँन सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिने हुँदा मिठा मिठा कुरा गरि भावना साटासाट गरि समय व्यातित गर्न सक्नेछन् । खोजमुलक क्षेत्रमा समय बित्ने हुँदा मन प्रशन्न रहनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) भौतिक सम्पती तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घट्नाहरुको सामना गर्नुपर्नेछ । विलासी जीवन जीउन खोज्दा पढाइ लेखाइ तथा खोज अनुशन्धानको क्षेत्रमा कमजोर उपस्थिति रहनेछ । जीवन साथिसँग मनमुटाब बढ्ने हुनाले दैनिक कामगर्न मन जानेछैन । ऋण लाग्ने तथा संकटको सामना गर्नुपर्नेछ ।

तपाईँको दिन शुभ रहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप