भारतको महाराष्ट्रमा एकैदिन २६ सय बढीमा कोरोना संक्रमण पुष्टि, मुम्बईमा ३८ जनाको ज्यान गयो
शुक्रबार, १६ जेठ २०७७, २३ : २७
एजेन्सी । भारतको महाराष्ट्रमा अहिले सम्मकै सबैभन्दा बढी कोरोना संक्रमित फेला परेका छन् । शुक्रबार त्यहाँ २ हजार ६ सय ८२ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । एकैदिन पुष्टि भएका २ हजार ६ सय ८२ मध्ये १ हजार ४ सय ३७ जना राजधानी मुम्बईमा भेटिएका छन् । मुम्बईमा योसहित संक्रमितहरुको संख्या ३६ हजार ७ सय १० पुगेको छ । मुम्बईमा एकैदिन ३८ जनाको मृत्यु भएको छ ।
योसहित मुम्बईमा मृतकको संख्या ११ सय ७३ पुगेको छ । महाराष्ट्रमा अहिलेसम्म कूल ६२ हजार २ सय २८ जना संक्रमित भेटिएका छन् भने २ हजार ९८ जनाको मृत्यु भएको छ । भारतका अन्य राज्यहरुभन्दा महाराष्ट्रमा बढी क्षति भएको देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा