शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपाको सचिवालय बैठक शनिबार विहान बस्ने

शुक्रबार, १६ जेठ २०७७, २१ : २४
शुक्रबार, १६ जेठ २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालय बैठक  शनिबार बिहान बस्ने भएको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा भेटर्वार्तापछि शनिबार विहान ९ बजेका लागि बैठक बोलाइएको महासचिव विष्णु पौडेलले जानकारी दिए ।

बजेटमा विवादीत मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) समावेश गरिएपछि छलफल गर्न लागिएको बुझिएको छ । 

यस्तै बैठकमा संविधान संशोधनको विषयमा पनि छलफल हुने छ । शुक्रबार सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नक्सामा निसान छाप परिवर्तन गर्न संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता गराएको थियो । 

बुधबारको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा रहेको संविधान संशोधन प्रस्ताव हटाइएपछि आशंका पैदा भएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप