शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बजेटको अनुसूचीमा घुस्यो एमसीसी

शुक्रबार, १६ जेठ २०७७, २१ : ०६
शुक्रबार, १६ जेठ २०७७

काठमाडौँ । विवादीत मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले बजेटमा पनि प्रवेश पाएको छ । नीति तथा कार्यक्रममा यसलाई समावेश गरिएको भन्दै पार्टीभित्रबाटै यसको विरोध भइरहेको बेला बजेट वक्तव्यमा समेत यसले स्थान पाउन सफल भएको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट भाषणमा एमसीसीबारे जिकिर नगरे पनि अनुदानबारे अनुसूचीमा यसलाई समावेश गरेका छन् । अमेरिका अन्तरगतको अनुदान सूचीमा यसमा ५ अर्ब ७२ करोड रुपैयाँ राखिएको छ ।

यो विवादीत सम्झौतालाई यथास्थितिमा पारित गर्न नहुने आवाज उठिरहँदा बजेटमा नै यसलाई समावेश गरिएको छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको यही अधिवेशनबाट एमसीसी पारित हुने जिकिर गरेका थिए । त्यस्तै, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति पनि यसलाई पास गर्ने पक्षमा छन् ।

यद्यपि, सत्तारुढ नेकपाभित्र यसबारे फरक मत रहेको छ । सम्झौतालाई पास गर्ने भए परिमार्जनसहित गर्नुपर्ने मत पार्टीभित्र दह्रो रहेको छ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले रातोपाटीसँगको कुराकानीमा पार्टीबाट अनुमोदन गरेर मात्र एमसीसी पास गर्नुपर्ने धारणा राखेका थिए । पार्टीमा सहमति बिना नै एमसीसी पास भए ठूलो दुर्घटना हुने उनले चेतावनीसमेत दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप