केन्द्रीय संस्करण

वीरगञ्जमा २ हजार भन्दा बढी भारतीय नागरिक अलपत्र

person explore access_timeजेठ १६, २०७७ chat_bubble_outline0

वीरगञ्ज। भारतले आफनै देशका नागरिकलाइ प्रवेशमा रोक लगाएपछि वीरगन्जको आइसीपीमा दुई हजार भन्दा बढी भारतीय नागरिक अलपत्र परेका छन् । नेपालका विभिन्न शहर र जिल्लाबाट वीरगन्ज आइपुगेका भारतीयलाइ स्थानीय प्रशासनले भारतीय प्रहरीसँग समन्वय गरेर भारत पठाउँदै आइरहेको छ । तर शुक्रबार एकैपटक दुई हजार भन्दा बढी भारतीय आइसीपी नाकामा पुगेको र तीमध्ये ५ सय जनालाइ मात्रै भारतीय पक्षले जिम्मा लिएर लगेको छ ।
शुक्रबार ५ सय भन्दा बढिलाई भारतीय प्रशासनले जिम्मा लिन नमानेकाले १ १५ सय भन्दा बढि भारतीयहरु आइसीपीको गेट बाहिर बिहानै देखि अलपत्र परेका हुन् ।

भारतीय प्रशासनले ५ सय भन्दा बढिलाइ जिम्मा लिन नमानेकाले आइसीपीमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीले आइसीपीको गेट बन्द गरिदिएको छ । भारत प्रवेश नपाएका भारतीयहरुले आइसिपी अगाडि होहल्ला गर्दै प्रदर्शन पनि गरेका थिए । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललीत कुमार बस्नेतले  शुक्रबार  एक्कासी दुई हजार भन्दा बढि भारतीय आइसीपीमा पुगेकाले समस्या भएको बस्नेतले रातोपाटीलाई बताए ।

तीमध्ये ५ सय जना भारतीयलाई भारतीय प्रहरीले जिृम्मा लिएर लगेको छ , सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए बाँकीलाइ जिम्मा लिन नमानेपछि १ हजार भन्दा भारतीयहरु आइसीपीको गेटमै रोकिएका हुन् । उनिहरुलाइ क्रमश शनिवार देखि भारत पठाइनसहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.