बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

संक्रमितलाई लिन जाँदा एम्बुलेन्समा ढुंगामुढा, प्रहरीको टाउको नै फुट्यो

रौतहटमा प्रहरीमाथि नै पटक–पटक आक्रमण
शुक्रबार, १६ जेठ २०७७, १७ : ५०
शुक्रबार, १६ जेठ २०७७

रौतहट । वैश्विक महामारीको रुपमा फैलिएको कोरोनाभाइरस नियन्त्रण गर्न सरकारले लागू गरेको लकडाउनकै अवधिमा रौतहट प्रहरीमाथि पटक–पटक आक्रमण भएको छ । पछिल्लो २४ घन्टा भित्र तीन स्थानमा प्रहरीमाथि आक्रमण भएको हो ।

स्थानियहरुको आक्रमणबाट प्रहरीको टाउको फुटेको छ अन्यलाई चोटपटक लागेको छ । आक्रमणकारीले प्रहरीको पोशाक अर्थात युनिफमसमेत च्यातेका छन् भने सवारीसाधनमा समेत क्षति पुर्याएका छन ।

गत राति ९ बजे मौलापुर नगरपालिका वडा १ मर्यादपुर गाँउमा एकजना वडा सदस्य ओमप्रकाश कुश्वाहा दाजुुभाइको झगडा भइरहेको सूचनाको आधारमा प्रहरी त्यहाँ पुगेको थियो । प्रहरी निरिक्षक राकेश यादवको कमाण्डमा घटनास्थल पुुगेको प्रहरी टोलीले भिडलाई तितर बितर गर्न सामान्य लठीचार्ज गरेकोे थियो । तर, लाठीचार्ज गरेको भन्दै गाउँले प्रहरीमाथि नै जाइलागेका थिए ।

स्थानीय हृदयनारायण यादव र उनका छोरा वीरेन्द्र यादवको योजना अनुसार प्रहरीमाथी आक्रमण भएको ईलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख ईन्सपेक्टर राकेश यादवले बताएका छन ।

आक्रमण बाट एकजना प्रहरी हवलदार र दुुईजना प्रहरी जवानलाई गम्भीर चोटपटक लागेको र हाल उनीहरुको प्राथमिक स्वास्थ केन्द्र मौलापुरमा उपचार भईरहेको ईन्सपेक्टर यादवले बताएका छन् ।

साथै आक्रमणबाट एकजना प्रहरीको निजी मोटरसाइकलको ट्याङ्की फुटेको छ ।

घटनाले उग्ररुप लिन थाले पछि थप मदत मगाएर चारजना आक्रमणकारी श्रीभगवान यादव, रोहित यादव,जयशंकर महतो, रामबिश्वास महतोलाई नियन्त्रणमा लिएको र मुुख्य योजनाकार बाबुु छोरा हृदय यादव, वीरेन्द्र यादव फरार रहेको ईन्सपेक्टर राकेश यादवले जानकारी दिएका छन् ।

त्यसैगरी रौतहटको दक्षिणीभेग ईशनाथ नगरपालिका वडा–७ जोकहा गाँउमा कोरोना संक्रमितलाई उपचारको लागी अन्यत्र आईसोलेसनका लगिरहेका प्रहरीटोली माथी शुक्रवार आक्रमण भएको छ ।

संक्रमित दुुबैजनालाई स्थानिय अनवारुल ईस्लामिक मदरसामै राखेर उपचार गर्नुपर्ने अडान सहित गाँउलेहरुले प्रहरी टोलीमाथि ढुंगामुढा प्रहार गरेका थिए ।

गाँउलेले प्रहरीको सवारी साधनका साथै बिरामी लिन गएको एम्बुलेन्समा पनी क्षति गरेका छन् । घटनालाई साम्यपार्न प्रहरीले १२ राउण्ड हवाइफायर समेत गरेको थियो । आक्रमणमा केही प्रहरीलाई चोटपटक लागेको छ ।

हिजै अपरान्ह कटहरिया नगरपालिका वडा १ माबी भसेढवामा क्वारेन्टाइन बनाउन सामान लिएर गएका प्रहरीटोली माथि स्थानियहरु जाईलागेका थिए।

उनीहरुले प्रहरीमाथि गरेको ढुंगामुढा प्रहार गर्दा एकजना असई हिरालाल महतोको टाउको फुटेको छ भने सई सुरेन्द्र सिंह सहित पाँचजना प्रहरीलाई चोटपटक लागेको छ ।

लगतै गएका थप प्रहरीटोलीले घटना नियन्त्रणमा लिन १२ राउण्ड हवाईफयर गरी सामान्य लाठीचार्ज समेत गरेको थियो ।

प्रदेश २ का प्रहरी प्रमुख धिरजप्रताप सिंहले आफनो ज्यान जोखिममा राखेर अहोरात्र खटीरहेका प्रहरीमाथि कुनै बहानामा आक्रमण गर्नु दुःखद रहेको बताएका छन । कोरोनाविरुद्धको फ्रन्टलाइनमा खटेका प्रदेश २ का दर्जन बढी प्रहरी आफै संक्रमित बनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप