शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

थप १९ जनाले जिते कोरोना, कोरोना निको हुनेको संख्या २०६ पुग्यो

शुक्रबार, १६ जेठ २०७७, १६ : ५७
शुक्रबार, १६ जेठ २०७७

काठमाडौं । नेपालमा कोरोनाभाइरस संक्रमण जित्नेको संख्या २०६ पुगेको छ । 

शुक्रबारको नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले थप १९ जना डिस्चार्ज भएसँगै संक्रमण मुक्त हुनेको संख्या २०६ पुगेको जानकारी दिएको हो । 

 कोरोना निको हुनेमा पुरुष १६२ र महिला ४४ जना रहेका छन् । 

प्रादेशिक विवरणअनुसार प्रदेश नम्बर १ मा ३०, प्रदेश २ मा  १०२, बागमतीमा २०, गण्डकीमा २, प्रदेश ५ मा ४७ र सुदूरपश्चिममा ५ जनाले कोरोना जितेका छन् । 

आज डिस्चार्ज हुनेमा २ जना टेकु, ७ जना पाटन, २ जना बलम्बुको कोभिड अस्पताल र  ८ जना दाङको बेलझुण्डीको आइसोलेसनमा रहेकाहरु भएको मन्त्रालयले जनाएको छ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप