दुई फड्को अघि मार्न कहिलेकाहीँ एक फड्को पछि हट्नु पर्ने हुन्छ : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट समयसापेक्ष र यथार्थपरक भएको बताएका छन् । शुक्राबार बजेटबारे सरकारको धारणा सार्वजनिक गर्ने उद्देश्यले आयोजन गरिएको भर्चुअल पत्रकार सम्मेलन मार्फत मन्त्री खतिवडाले कोरोनको कहरकाबीच आएको बजेटले समग्र अर्थतन्त्र र सर्वसाधारणको जीवन रक्षा र रोजिरोटीमा केन्द्रित भएर आएको बताए ।
निश्चिय नै कोरोनाबाट सिर्जित विषम परिस्थितिमा बजेट व्यवस्थपन र प्राथमिकताका क्षेत्रहरु पहिचानमा कठिनाइ भएपनि सरकरले सचेत भएर आश्वयकता र जिम्मेवरीका हिसाबले सोहि अनुरुप बजेट व्यवस्थापन गरेको खतिवडाले बताए । आर्थिक प्रगतिका लागि गत वर्षको भन्दा आउँदो वर्षहरुमा केहि बढी बजेट विनियोजन हुँदै जाने र गर्नु पर्ने अवस्थामा पनि विषम परिस्थितिलाई मध्यनजर गर्दै आउदो आर्थिक वर्षका लागि गत वर्षभन्दा पनि केही कम बजेट विनियोजन गरिएको मन्त्री खतिवडाको भनाई छ ।
‘सामान्यतय मुलुकको आर्थिक सम्वृद्धिका लागि गत वर्षहरु भन्दा आउदो पछिल्ला वर्षहरुमा बजेटको आकार बढ्दै जानु पर्ने हो । तर अहिले कोरोनोको विषम परिस्थितिका कारण त्यसो हुन सकेन । गत वर्ष भन्दा करिब ५८ अर्ब बजेट कम आएको छ । तर दुई कदम अघि बढ्न बढ्नु छ भने, कहिलेकाही एक कदम पछि पनि हट्नु पर्ने हुन्छ । अहिले सरकारले त्यसै गरेको छ ।’ अर्थमन्त्री खतिवडाले भने ।
यता सरकारले कोरोनाको प्रकोपका बीच आएको बजेटले प्राथमिकताको क्षेत्र पहिचान गर्न सकेन, आर्थिक राहत प्याकेज आएन भन्ने विषयमा प्रष्ट्र पार्दै मन्त्री खतिवडाले अहिले सरकारले त्यसैमा केन्द्रित भएको बताए । कोरोनालाई प्राथमिकतामा राख्दै सरकारले सर्वसाधारणको जीवन रक्षाका लागि र शिक्षा स्वास्थ्य तथा रोजगारीको क्षेत्रमा विशेष बजेट छुट्याएको खतिवडाले बताए ।
जसअन्तरगत सरकारले अहिले सम्मकै बढि स्वास्थ्य क्षेत्रमा एकतीहाई अर्थात् गत वर्षहरुमा भन्दा दोब्बर बजेट छुट्याएको बताए । त्यस्तै शिक्षा र रोजगारी र कृषिमा समेत उल्लेखनिय बजेट वृद्धि गरेको मन्त्री खतिवडाले जानकारी दिए ।
आर्थिक प्याकेजका बारेमा बोल्दै मन्त्री खतिवडाले प्याकेजलाई एउटै अर्थ व्यवस्थामा मात्र नहेर समग्रमा हेर्नु पर्ने बताए । त्यसका लागि सरकारले विभिन्न शिर्शकमा दिएको अनुदान, छुट, सहुलियत लगायतका सेव सुविधालाई समेत हेर्नु पर्ने बताए ।
‘राहत प्याकेज होमोजन हुँदैन । यसलाई सबै क्षेत्रमा दिइएको सेवा सुविधालाई पनि हेर्नु पर्ने हुँन्छ । यसै अनुरुप सरकारले कोरोनाको प्रभावित क्षेत्रलाई सम्बोधन गर्ने गरी विभिन्न शीर्षकमा राहत छुट, अनुदान, सहुलिय लगायत बीमामा प्रिमियम छुट समेत दिएको छ । यसबाहेक व्यवसायीक ५ प्रतिशतको ब्याजको व्यवस्थासहितको ५० अर्ब अबराबरको पुर्नकर्जाको समेत व्यवस्था गरिएको छ ।’
यो सुविधा जनस्तर सम्म पुग्ने गरि विद्युत महसुलमा समेत झण्डै ८ अर्बको छुटको व्यवस्था गरिएको मन्त्री खतिवडाको भनाई छ ।
रोजगारीको क्षेत्रमा समेत आगामी आर्थिक वर्षमा ७ देखि ८ लाख रोजगारी सिर्जना गर्ने गरि सरकारले बजेट व्यवस्थापन गरेको अर्थमन्त्रीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वेस्ट इन्डिजविरुद्धको टी–२० शृङ्खलाका लागि नेपाली टोलीको घोषणा
-
नेपालको ‘इन्जिन अफ ग्रोथ’ जलविद्युत र पर्यटन : अध्यक्ष नेपाल
-
आगोले जलेर महिला गम्भीर, आकस्मिक कक्षमा डाक्टर नहुँदा प्राथमिक स्वास्थ केन्द्रमा तालाबन्दी
-
टेभेज अस्पतालबाट डिस्चार्ज
-
‘स्टक एनालिटिक्स सफ्टवेयर’ : सेयर कारोबारमा नयाँ आयाम
-
बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु