मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुग्यो, अर्घाखाँचीका एक युवाको मृत्यु

शुक्रबार, १६ जेठ २०७७, १६ : ४६
शुक्रबार, १६ जेठ २०७७

काठमाडौं । नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका ३० वर्षीय पुरुषको मृत्यु कोरोनाभाइरसबाट भएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शुक्रबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिएका हुन् । 

उनको जेठ १० गते भारतबाट फर्किने क्रममा बाटोमै मृत्यु भएको थियो भने शव नेपाल ल्याइएपछि स्वाब संकलन गरेर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको प्रवक्ता देवकोटाले जानकारी दिए । 

मृतकको सम्पर्कमा रहेका व्यक्तिहरु केही क्वारेन्टाइनमा रहेको कतिपयसँग सम्पर्कको प्रयास भइरहेको पनि देवकोटाले बताए । 

यसअघि गुल्मी, बाँके, सिन्धुपाल्चोक, ललितपुर र बाराका १–१ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप