बजेटमा ६० अर्बको राहत कार्यक्रम आएको छ : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले आगामी वर्षको बजेटमा ५५ देखि ६० अर्ब रुपैयाँसम्मको राहत कार्यक्रम भएको दाबी गरेका छन् । आर्थिक वर्ष २०७७/७८ को बजेटबारे पत्रकारसँग छलफल कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले राहत प्याकेज एउटै मात्र नहुने भन्दै विभिन्न कार्यक्रममा दिइएको नगद, प्रोत्साहन, छुट, कर मिनाह, समयावधि बढाउने, कर तिर्ने अवधि बढाउने जस्ता कार्यक्रमबाट राहत दिने प्रयास गरेको बताए ।
उनले विद्युत् महशुलमार्फत् ८ अर्बको छुट दिइएको, लकडाउन अवधिमा सामाजिक सुरक्षा कोषको योगदानबापत सवा अर्ब रुपैयाँ खर्च गरेको, सहुलियत कर्जा कार्यक्रममार्फत् १४ अर्ब रुपैयाँको राहत दिइएको दाबी गरेका छन् ।
त्यस्तै, कर छुटबाट ६ अर्ब रुपैयाँ, खाद्यान्नमा दिइएको छुुटबाट सरकारको ५० अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको उनले बताए । ‘यी सबै गर्दा समग्रमा ५० देखि ६० अर्ब रुपैयाँ खर्च भएको छ’ अर्थमन्त्री खतिवडाले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर
-
प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने
-
‘ठुल्दिदी’ निर्देशन गर्दै प्रज्ञा
-
कास्कीमा सवारी दुर्घटना : तीन महिनामा १३ जनाको मृत्यु
-
भयावह बन्दै आगलागी : हप्तामा एक हजार स्थानमा डढेलो, ३ वर्षमा ३२४ ले ज्यान गुमाए
-
न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक, तस्बिरहरू