शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सीमानामा मृत्यु भएका यादवका परिवारलाई नगरपालिकाले १ लाख दिने

शुक्रबार, १६ जेठ २०७७, १५ : ४७
शुक्रबार, १६ जेठ २०७७

जनकपुर । भोकका कारण  सीमानाकामा मृत्यु भएका परिवारजनलाई शहिदनगर नगरपालिकाले राहत दिने घोषणा गरेको छ । नगरपालिकाले राहतस्वरुप मृतक परिवारलाई एक लाख रुपैयाँ उपलब्ध गराउने भएको हो । धनुषाको जटही सिमानाकामा भोकका कारण मृत्यु सोही नगरपालिका–९ बस्ने ३२ वर्षीय बिरेन्द्रकुमार गुरमैता यादवको मृत्यु भएको थियो ।

नगरपालिकाले राहतस्वरूप मृतकका परिवारलाई १ लाख रुपैयाँ राहत उपलब्ध गराएको नगर प्रमुख उदय बरबरियाले जानकारी दिए । बुधबार भारतको गुजरातबाट घर फर्कने क्रममा नेपाल–भारतको सीमानाका जटहीमा उनको मृत्यु भएको थियो ।  उनको मृत्युपछि भारतको विभिन्न स्थानबाट आएका नेपालीहरु आक्रोशित भएर प्रदर्शन समेत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप