बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

डब्ल्यूएचओले पुनः जारी गर्यो चेतावनी, ब्राजिलमा एकैदिन २६ हजार बढी संक्रमित भेटिए

शुक्रबार, १६ जेठ २०७७, १४ : १४
शुक्रबार, १६ जेठ २०७७

जोन होप्किन्स युनिभर्सिटीका अनुसार संसारभरी करिब ६० लाख व्यक्ति कोरोनाभाइरसद्वारा संक्रमित भइसकेका छन् जसमध्ये तनी लाख ५९ हजारको कोभिड–१९ का कारण मृत्यु भइसकेको छ ।

– विश्व स्वास्थ्य संगठनका अधिकारी डाक्टर डेबिड नबारोले कोरोनाभाइरसको अर्को एउटा झट्का लागि तयार रहनुपर्ने चेतावनी दिएका छन् । उनले भनेका छन्, ‘जतिजति लकडाउन खुकुलो हुँदै जान्छ, कोरोना संक्रमणको आँकडामा अत्यधिक वृद्धि हुनसक्छ, यसका लागि हामी तयार हुनुपर्छ ।’

–ब्राजिललाई ल्याटिन अमेरिकामा कोरोनाभाइरस संक्रमणको सबैभन्दा ठूलो केन्द्र बताइएको छ । यहाँ पछिल्लो २४ घण्टामा कोभिड–१९ का २६ हजार ४ सय भन्दा बढी नयाँ संक्रमित भेटिएका छन् ।

– क्रोएशिया सरकारले १० युरोपेली देशका लागि आफ्नो सीमा खोल्ने निर्णय गरेको छ । सरकारले यो निर्णय आफ्नो देशको पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि गरेको हो । अब अस्ट्रिया, जर्मनी, चेक रिपब्लिकसमेत १० देशका मानिसहरु क्रोएशिया जान सक्छन् ।

– अमेरिकामा हालसम्म चार करोड जनताले बेरोजगारले पाउने भत्ताका लागि आवेदन दिएका छन् जसमध्ये २० लाखले पछिल्लो दुई हपतामा आवेदन दिएका छन् ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप