शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कमलरी प्रथाको फिल्म ‘लावाजुनी’ सार्वजनिक

शुक्रबार, १६ जेठ २०७७, १३ : २९
शुक्रबार, १६ जेठ २०७७

काठमाडौँ । विगतमा पश्चिम नेपालको थारु समुदायमा प्रचलनमा रहेको कमलरी प्रथामा बनेको चलचित्र ‘लावाजुनी’ सार्वजनिक भएको छ ।

सञ्चारकर्मी केएलपीडितको निर्माण तथा निर्देशन गरेको  चलचित्रले कमलरी प्रथाको शिकार भएका थारु बालिकाहरुको कथा व्यथा र मुक्तिको आकांक्षा विषयवस्तु बनाएको छ ।

चलचत्रिमा छबिलाल कोपिला, ज्वाला खतिवडा, अनिता महतारा, सुशीला चौधरी, वर्षा लम्साल, सुप्रीया देवकोटा, निश्मा वलीलगायतको अभिनय रहेको छ ।

संतोष श्रेष्ठको संगीत, कोमल वली, कुलानन्द गिरी, स्वीकृति डाँगी, कोमलसरी जिसी र यांशु श्रेष्ठको स्वर रहेको चलचित्रमा पहल निर्माणको ब्यानरमा बनेको हो । यसका कार्यकारी निर्माता काकार्यकारी निर्माता गेहेन्द्र बस्नेत हुन् भने श्रीधर कुमार लम्साल, रीना बस्नेत, संझना जिएम, बसन्तराज भट्ट र शारदा बुढाथोकी निर्माता रहेका छन् ।

लडकाउनका कारण लामो समयसम्महल बन्द रहेकोले सर्वसाधारणलाई मनोरन्जन दिलाउन चलचित्र युट्युवमा रिलिज गरेको निर्देशक पीडितले बताए 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप