बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नयाँ बजेटबारे प्रतिक्रिया दिँदै दीपकराज गिरी लेख्छन्- ‘कस्तो चलचित्र मौलिक हो ?’

शुक्रबार, १६ जेठ २०७७, १२ : ५५
शुक्रबार, १६ जेठ २०७७

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७७, ०७८ को बजेटमा नेपाली चलचित्र क्षेत्र पनि समेटेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले विहिबार प्रस्तुत गरेको बजेटमा चलचित्र क्षेत्रका केही बिषय समेत समेटिएका छन् । सरकारको बजेटमा चलचित्र क्षेत्रको मौलिक फिल्मलाई प्रोत्साहन, कलाकार संघको भवन, छायाँकनका लागि नेपाल लगायत केही बिषय अटाएको छ । बजेटमा चलचित्र क्षेत्रले पनि प्रथामिकता पाएको भन्दै केही चलचित्रकर्मीले बजेटको बिषयमा खुसी ब्यक्त गरिरहेका छन् ।

सरकारले यस अगाडि पनि गर्दै आएको मौलिक चलचित्र पुरस्कार र प्रोत्साहनको बिषयले पनि यो बर्षको बजेटमा  प्रथामिकता पाएको छ । यस बिषयलाई लिएर बिभिन्न चलचित्रकर्मीले असन्तुष्टी व्यक्त गरिरहेका छन् । लेखक समेत रहेका निर्माता, कलाकार दीपकराज गिरीले कस्तो चलचित्रलाई मौलिक भन्ने ? भन्दै प्रश्न उठाएका छन् ।

‘बजेट र नेपाली चलचित्र उद्योग । मौलिक चलचित्र निर्माणलाई बजेटमा छुट्याइएको छ । सुन्दा राम्रो छ । मैलिक चलचित्र छनौट गर्ने संयन्त्र चाँहि कुन हो ?’ उनले अगाडि लेखेका छन् ‘त्यही परम्परागत शैली नै होला.. । कस्तो चलचित्र मौलिक हो ।’

दीपकले आज म लेख्छु भन्दै सुरु गरेको स्टाटसमा पटक–पटक दर्शकले अस्वीकार गरेको चलचित्र ?, हलमा आधा घन्टामै दर्शक निदाउने चलचित्र ?, केही पत्रकार र समीक्षकले थपडी मारेको चलचित्र ? मध्य कसलाई मौलिक भन्ने भनेर प्रश्न उठाएका छन् ।

बिगतका बर्षमा यस्ता चलचित्रले नै बारम्बार नगद र अवार्डबाट पुरस्कृत पाएको बताउने दीपकको सोही कारण हाम्रो ९८ प्रतिशत फिल्म पनि त्यस्तै बन्ने गरेको भनाई रहेको छ । दीपकले चलचित्र क्षेत्रमा एक पक्षलाई मात्र पक्षपोषण गर्ने काम बन्द गर्दै आन्तरिक बजारका कमजोर चलचित्रलाई छोडेर लोकप्रिय मौलिक चलचित्र निर्माणलाई प्रोत्साहित गर्नुपर्ने धारणा राखेका छन् ।

यस्तो छ दीपकको स्टाटस्: 

आज म लेख्ख्दैछू .....

“बजेट र नेपाली चलचित्र उद्योग”

मौलिक चलचित्र निर्माणलाइ बजेट छुट्याइएको छ , सुन्दा राम्रो छ

मौलिक चलचित्र छनौट गर्ने संयन्त्र चाहि कुन हो?

त्यहि परम्परागत शैली नै होला ..

कस्तो चलचित्र मौलिक हो ?

पटक पटक दर्शकले पूरै अस्वीकार गरेको चलचित्र?

हलमा आधा घन्टामै दर्शक निदाउने चलचित्र?

केहि पत्रकार र समिक्षकले थपडि मारेका चलचित्र?

बिगतमा यस्ता चलचित्रहरू लाइ बारम्बार नगद र अवार्डवाट पुरस्कृत गर्दै आइरहेको छौ हामि

त्यसैले होला हाम्रा ९८% फ़िल्म पनि त्यस्तै बनिरहहेका छन्

बिदेशी फिल्मको भरमा टिकिरहेको छ मनोरन्जनको क्षेत्र ,

हलिउड र बलिउडकै दवदबा लाइ स्वीकार गर्न बाध्य छौ हामि

किनकि हामि कथित मौलिक चलचित्र लाइ मात्रै प्रोत्साहित गर्दैछौ ..........चलचित्रको आन्तरिक बजारलाइ कमजोर छोडेर

धानका वाला का पछाडि मात्रै लाग्नु र दराजमा अवार्ड जम्मा पारेर मख्ख पर्नु भनेको घर भत्केर के भो ऑगन छंदैछ नि भनेर मख्ख परे जस्तो मात्रै हो.....अत “लोकप्रिय मौलिक चलचित्र” निर्माणलाइ प्रोत्साहित गर्नु पर्यो .... दर्शक नभएको रंगशाला, कबिता सुन्ने श्रोता नभएको कबि सम्मेलन , मतदाता नभएको निर्बाचन र दर्शक नभएको चलचित्र भवन उस्तै हो ....उद्योग बचाऔ, उद्योग बचे राम्रा चलचित्रको लागि सम्भावनाको ढोका सधै खुल्ला रहन्छ .. नेपाली हामि रहूंला कॉहा नेपालै नरहे भने जस्तै हो .... कला र ब्यापार दूबैको अस्तित्व स्विकार गरौ ...

बितरक मात्रै बच्ने, प्रदर्शक नवॉच्ने

कला मात्रै बॉच्ने ब्यपार नबॉच्ने

कलाकार र प्राबिधिक मात्रै बच्ने , निर्माता नबॉच्ने

एक पक्षलाइ पक्षपोषण गर्ने परम्परागत शैली बन्द गरौ .....

बजेटमा चलचित्रलाइ पहिला भन्दा धेरै ठॉउमा सम्बोधन गरिएको छ त्यो राम्रो पक्ष हो तर चलचित्र उद्योगमा रहेका हरेक पक्षले

खुशि मनाउने बाताबरण श्रृजना गरौ!

कलाकार संघको भवन, छॉयॉकन स्थल निर्माण ,लगायतका एक दुइ कुरा उल्लेख्य छन् .. कोरानाको मारमा चलचित्र घर पनि छ बजेटले त्यसलाइ खासै सम्बोधन गरेको देखिएन....

सबैले तालि बजाउने बाताबरण निर्माण गरौ

एउटा पक्षले दीप प्रज्ज्वलित गर्ने र अर्को को घरमा अन्धकार रहे सम्म बिद्रोह र क्रान्ति जन्मिरहन्छ....

अन्तयमा बलिउड र हलिउडका चलचित्र र नेपाली चलचित्रको टिकट मूल्य समान नहोस भनेर हामिले उठाएको आबाज यस पटक पनि तुहिएको महसूस भएको छ

जय नेपाली चलचित्र !!!

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप