शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नवलपरासीको आइसोलेसन सेन्टर निर्माणमा तिव्रता

शुक्रबार, १६ जेठ २०७७, ११ : १४
शुक्रबार, १६ जेठ २०७७

परासी – पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले आइसोलेसन सेन्टर निर्माणमा तिव्र्रता दिएको छ । 

प्रदेश ५ सरकारको निर्णयअनुसार नगरपालिकाले वडा ४ जितपुरस्थित पाल्ही बहुमुखी क्याम्पसको भवनमा २५ बेडको आइसोलेसन सेन्टर बनाउन  लागेको हो । 

कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि प्रदेश ५ सरकारले तराईका जिल्लामा २०० बेड र पहाडी जिल्लामा १०० बेडको आइसोलेसन सेन्टर बनाउने निर्णय अनुसार जिल्लाको २ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा १००/१०० बेड गरि २ सय बेडको आइसोलेसन सेन्टर निर्माण कार्य भइरहेको छ । 

जसमध्ये रामग्राम नगरपालिका, सुनवल नगरपालिका र बर्दघाट नगरपालिकाले यसको निर्माण कार्यमा तिव्रता दिएको छ । निर्माणाधीन उक्त आइसोलेसनमा सामान्य अवस्थाका कोरोना संक्रमित व्यक्तिहरुलाई राखेर उपचार सेवा प्रदान गरिनेछ भने गम्भीर विरामीलाई कोरोना विशेष अस्पतालमा पठाइने रामग्राम नगरपालिका नगर प्रमुख नरेन्द्रकुमार गुप्ताले जानकारी दिएका छन् ।   

रामग्राम नगरपालिकाले क्याम्पसको भवनमा बनाइरहेको उक्त आइसोलेसन सेन्टरमा ३६ देखि ४० बेडसम्म राख्न सकिने जनाएको छ । आइसोलेसन सेन्टरमा आवश्यक पूर्वाधार, शौचालय, बाथरुम, चापाकल, बाउण्डरी, खानाको मेस निर्माण र सरसफाइ जस्ता कार्यहरु भइरहेको छ । साथै, सेन्टरमा वाईफाई, साउण्ड सिस्टम, सिसी टिभि जडान कार्य समेत भइरहेको छ ।  आवश्यक सुरक्षा सामाग्री र एवं जनशक्ति खटाउने कार्य समेतको तयारी भइरहेकोे नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले जानकारी दिएका छन् ।

जिल्ला समन्वय समिति प्रमुख शिवशंकर रायले रामग्राम नगरपालिकामा २५, सुनवल नगरपालिमा २५ र बर्दघाट नगरपालिकामा २५ बेडको आइसोलेसन तयार भइरहेको र थप बेडका आइसोलेसनहरु अरु गाउँपालिकामा तयार गरिने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप