शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सीमा विवादले मोदीको मुड ठिक नभएको ट्रम्पको दाबीमा भारतको आपत्तिः जारी गर्यो अन्तिम पटक कुरा भएको मिति

शुक्रबार, १६ जेठ २०७७, १० : २२
शुक्रबार, १६ जेठ २०७७

भारत–चीन सीमा विवादबारे अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको एउटा ताजा बयान भारतले अस्विकार गरेको छ । ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सीमा विवादका कारण मुड राम्रो नभएको दाबी गरेका थिए । ट्रम्पको यस्तो बयान सार्वजनिक भएपछि भारतले अमेरिक राष्ट्रपति र मोदीबीच यस महिना कुनै पनि कुराकानी नभएको स्पष्टिकरण दिएको छ । भारत सरकारका अनुसार यी दुईबीच अन्तिम पटक ४ अप्रिल, २०२० मा भएको थियो ।

भारतले ट्रम्पको बयानमा के भन्यो ?

भारत सरकारको स्रोतलाई उद्धृत गर्दै एएनआईले दिएको जानकारी अनुसार मोदी र ट्रम्पबीच अन्तिम पटक अप्रिल ४ मा कुराकानी भएको थियो । त्यतिबेला यी दुई नेताबीच हाइड्रोक्सिक्लोरोक्विनबारे कुराकानी भएको थियो । बिहिबार विदेश मन्त्रालयले आफूहरुले डिप्लोमेटिक च्यानलमार्फत् चीनसँग सीधा सम्पर्कमा भएको जानकारी दिएका थिए । ’


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप