शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोना महामारी – भारतमा संक्रमित संख्या चीनभन्दा दोब्बर

शुक्रबार, १६ जेठ २०७७, ०८ : ५४
शुक्रबार, १६ जेठ २०७७

चीनको ऊहानबाट सुरु भएको कोरोना भाइरसको महामारी अहिले भारतमा तीब्र छ । यता, चीनमा भने महामारी धेरै हदसम्म नियन्त्रण आइसकेको छ ।

वल्र्डोमिटर्सको पछिल्लो तथ्यअनुसार भारतमा कूल १ लाख ६५ हजार ३ सय ८६ मा कोरोना देखिएको छ । यो चीनभन्दा झन्डै दोब्बर हो । चीनमा कुल ८२ हजार ९ सय ९५ जनामा संक्रमण देखिएको छ ।

एशियामा सर्वाधिक महामारी फैलिएको देश भारत नै हो । विश्वमा सर्वाधिक संक्रमण फैलिएका शीर्ष १० देशमध्ये भारत नवौं स्थानमा छ । तर, सक्रिय संक्रमणलाई आधार मान्ने हो भने अमेरिका, रुस र ब्राजिल र फ्रान्सपछि भारतको नाम आउँछ ।

निको भइसकेका र मृतकको संख्या समेत जोडेर कूल संक्रमितको संख्या निकालिन्छ भने सक्रिय संक्रमितको अर्थ अहिले ठ्याक्कै कतिजनामा संक्रमण छ भन्ने हो । भारतमा संक्रमितमध्ये ७० हजार ९ सय २० जना निको भइसकेका छन् भने ४ हजार ७ सय ११ जनाको मृत्यु भइसकेको छ । अहिले ८९ हजार ७ सय ५५ जनामा कोरोनाको सक्रिय संक्रमण कायम छ ।

संख्यात्मक रुपमा योभन्दा धेरै अमेरिकामा ११ लाख ६६ हजारभन्दा बढी, रुसमा २ लाख २३ हजारभन्दा बढी , ब्राजिलमा २ लाख १८ हजारभन्दा बढी र फ्रान्समा ९० हजारभन्दा बढी सक्रिय संक्रमित छन् । यता, चीनमा कुल ८२ हजार ९ सय ९५ संक्रमितमध्ये ७८ हजार २ सय ८८ जनाले निको भइसके, ४ हजार ६ सय ३४ जनाले ज्यान गुमाइसके । यसको अर्थ अहिले ७८ जनामात्रै संक्रमित छन् ।

पछिल्लो आँकडाअनुसार नेपालमा कुल संक्रमितको संख्या १ हजार ४२ पुगेको छ । त्यसमध्ये १ सय ८७ जना निको भएका छन् र ५ जनाको मृत्यु भइसक्यो । यस तथ्यअनुसार नेपालमा ८ सय ५० जनामा सक्रिय संक्रमण छ ।

मृतक संख्या ईरानमा धेरै:

एशियाली देशमध्ये भारतपछि सक्रिय संक्रमण पाकिस्तानमा धेरै छ । कूल संक्रमित संख्या ६१ हजार २ सय २७ रहेको पाकिस्तानमा ३९ हजार ७ सय ३६ जनामा सक्रिय संक्रमण छ ।

मृतक संख्याका हिसाबमा ईरान एशियाको सर्वाधिक प्रभावित देश हो । यहाँ कुल संक्रमितको संख्या १ लाख ४३ हजार ८ सय ४९ छ र त्यसमध्ये ७ हजार  ६ सय २७ जनाको मृत्यु भइसकेको  छ । यहाँ १ लाख १२ हजार ९ सय ८८ जनाले स्वास्थ लाभ गरिसकेका छन् । २३ हजार २ सय ३४ जनामा संक्रमण कायम छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप