बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

कोभिड–१९ को बिरामीका लागि यो औषधी खतरनाक

शुक्रबार, १६ जेठ २०७७, ०७ : ४०
शुक्रबार, १६ जेठ २०७७

क्यान्सर पीडित कोरोनाभाइरसका बिरामीका लागि मलेरियाको औषधी हाइड्रोक्सिक्लोरोक्विन निकै खतरनाक भएको एक अनुसन्धानले बताएको छ ।

अमरिकी अनुसन्धानकर्ताले क्यान्सरका बिरामीलाई कोभिड–१९ को उपचारका लागि हाइड्रोक्सिक्लोक्विन दिनु खतरनाक साबित हुनसक्ने चेतावनी दिएका छन् ।

अनुसन्धानकर्ताका अनुसार यो औषधीको प्रयोग गरेर उपचार गराइरहेका कोरोना संक्रमितको मृत्युदर तीन गुणा बढी आशंका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले कोभिड–१९ को उपचारमा यो औषधी गेमचेन्जर बताएका थिए । ट्रम्पले त आफू संक्रमणबाट बच्नका लागि यो औषधी सेवन गरिरहेको पनि बताएका थिए । अनुसन्धानकर्ताका अनुसार डाक्टरले कोरोना बिरामीलाई यो औषधी दिन अस्विकार गरिरहेका छन् ।

अमेरिकन सोसाइटी अफ क्लिनिकल ओंकोलोजीका प्रमुख डा. होवार्ड बर्रिजले भने, ‘हाइड्रोक्सिक्लोरोक्विन र एन्टिबायोटिक एजिथ्रोमाइसिन प्रयोग गरेर कोभिड–१९ बिरामीको उपचार गर्नु जोखिमपूर्ण छ ।’

सुरुवातमा यसले कोरोनाका बिरामीको मद्दत गर्ने बताएको थियो । वान्डरबिल्ट युनिभर्सिटी मेडिकल सेन्टरका डाक्टर जर्मी वार्नरले पत्रकारसँग भने, ‘जुन कोरोना बिरामीको उपचार हाइड्रोक्सिक्लोरोक्विन र एन्टिबायोटिकमार्फत् भइरहेको छ, उनीहरुमा ३० दिनभित्र अन्य उपचार विधिको तुलनामा मृत्युको खतरा तीन गुणा बढी भइरहेको छ ।’

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप