बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बजेटबारे केही पनि नबोल्न उद्योग वाणिज्य महासंघको निर्देशन

बिहीबार, १५ जेठ २०७७, २१ : ५३
बिहीबार, १५ जेठ २०७७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) ले बजेट बारे केही पनि नबोल्न आफ्ना सदस्यहरुलाई निर्देशन दिएको छ । बिहिबार संघीय सरकारले ल्याएको आर्थिक वर्ष २०७७÷७८ को बजेट बारे वृस्तित अध्ययन नगरि कुनै पनि मिडियामा संस्थको तर्फबाट धारणा नदिन महासंघले अपिल गरेको हो ।

महासंघका उपाध्यक्ष किशोर प्रदानले रातोपाटीसँग कुरा गर्दै अहिले नै महासंघले तत्काल आफ्नो धारणा नबनाउने र पूर्ण अध्ययनपछि मात्र प्रतिक्रिया दिने नीति बनाएको बताए । 

सोहि नीति बमोजिम महासंघले आफ्ना सदस्य पदाधिकारीहरुलाई निर्देशन दिइएको र भोलि औपचारिक रुपमै महासंघले आफ्नो धारण सार्वजनिक गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

बिहिबार संघीय सरकारले आर्थिक वर्ष २०७७÷७८ का लागि कुल १४ खर्ब ७४ अर्ब ६४ करोडको अनुमानित बजेट विनियोजन गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप