धनुषाको जटही र खजुरी नाका अनिश्चितकालका लागि बन्द
जनकपुर । भोक, प्यास र थकानले एक जनाको ज्यान गएको एक दिन नवित्दै स्थानीय प्रशासनले सिमानाकाबाट आवतजावत पूर्णरुपमा बन्द गरेको छ । भारतबाट नेपालीहरुलाई भित्रिनका लागि खुल्ला गरिएको धनुषाको जटही र खजुरी नाका शुक्रबार देखि अनिश्चितकालीनका लागि बन्द गर्ने निर्णय जिल्ला प्रशासन कार्यालय धनुषाले गरेको हो ।
नेपाल–भारत सिमावर्ती क्षेत्र नाका हुदैँ नेपाल भित्रिनका लागि सरकारले सबै नाका खुला राखेपनि धनुषाको नाकाहरु बन्द गरेको सहायक प्रमुख जिल्ला अधिकारी सरद पोखरेलले जनाएको छ ।
भारतबाट नेपाल भित्रिने नेपालीहरुको चाप एकाएक बढ्न थालेपछि प्रशासनले धनुषाको दुवै नाकामा क्वारेन्टाइनसहित अन्य व्यवस्थापन गरेर पुनः नाका संचालनमा ल्याइने सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए । तर कहिले सिमानाका खोलिने बारे उनले बताउन चाहेनन् ।
सहायक प्रमुख जिल्ला अधिकारी पोखेरलले संघिय सरकारको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय धनुषाले जटही र खजुरीको नाका बन्द गरेको स्पष्ट पारेको छ । सिमानाका बन्द भएपछि अब धनुषावासीहरुले महोत्तरीको मुख्यनाका भिठ्ठामोड र सिरहाको माडर नाकाबाट आउन भनेका छन् ।
बुधबार भारतबाट नेपाल भित्रिएका धनुषाका विरेन्द्र गोरमैता यादवको जटही नाकामै भोककै कारण मृत्यू भएपछि नाकामा घर जान प्रतिक्षारत्त सैयकडौँ यूवकहरुले प्रदर्शन गरेको थियो ।
सिमानाका बन्द हुदाँ धनुषा आउने नेपाली नागरिकलाई अब निकै सास्ती खेप्नु पर्ने हुन्छ ।
यता भोक र ओत लाग्ने समेत व्यवस्था नभएकै कारण नेपाली नाकामै मर्नुपर्ने बाध्यता रहेको निष्कर्ष निकाल्दै स्थानीयवासी राजु चौधरीले जटही नाकामा भोजन, नास्ता र टेन्टको व्यवस्था मिलाएर सिमानाकाबाट भित्रिएका नेपालीलाई व्यवस्थितरुपमा भोजन गराउन सुरु गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५२० मिटर सडक खनेर झण्डै ३९ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा
-
बागमती प्रदेशमा बोलिने सबै भाषाभाषीको संरक्षण हुन्छ : मन्त्री श्रेष्ठ
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन
-
पटनाको होटलमा आगलागी, ६ जनाको मृत्यु
-
तीन अंकले घटेर सेयर बजार बन्द, २ अर्ब ३६ करोडको कारोबार
-
श्रम मन्त्रालयको चालु आर्थिक वर्षको खर्च ३४.१७ प्रतिशत मात्रै