बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बजेट स्वागतयोग्य छः नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल

बिहीबार, १५ जेठ २०७७, २० : ०७
बिहीबार, १५ जेठ २०७७

काठमाडौं– अटोमोबाइल एसोसियशन अफ नेपाल नाडाले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७७/७८को बजेटको स्वागत गरेको छ । 

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले आगामी बजेट स्वागतयोग्य भएको बताएका हुन् । रातोपाटीसँगको कुराकानीमा अध्यक्ष दुलालले सरकारले सवारी साधनको कर यथावत राखेको र बजेट अटो व्यवसायलाई प्रोत्साहन गर्ने खालकै आएको बताए ।

अध्यक्ष दुलालले कोरोनाका कारण आपूर्ति प्रणालीनै प्रभावित भएको यस विषम परिस्थितले गर्दा पनि सरकारले करको दरमा धेरै ठूलो हेरफेर नगरेको र सरकारको यस कदमलाई स्वागत गर्नुपर्ने बताए । सरकारले बजेटमा अन्य खर्च कटौती गर्दै करका दरहरु घटाएको छ । सरकारले चुरोट, गुट्का र खैनीमा स्वास्थ्य जोखिम  कर बढाएको छ भने अन्त शुल्क भने यथावत राखेको छ ।

सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले आज संसदमा पेश गरेको आर्थिक वर्ष २०७७/७८को बजेटमार्फत विद्युतीय सवारी साधनमा लाग्ने करको दायरा भने बढाएको छ । विद्युती सवारी साधनमा भन्सार र अन्त शुल्क दुबै बढेको अर्थमन्त्री खतिवडाद्वारा प्रस्तुत बजेट वक्तव्यमा उल्लेख छ ।

सरकारले विद्युतीय गाडी खरिदलाई प्रोत्साहन गर्त विगतमा भन्सार लगायतका करमा छुट दिँदै आएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप