बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पत्रकार रमण कोरोनालाई जितेर घर फर्के

बिहीबार, १५ जेठ २०७७, १९ : ४४
बिहीबार, १५ जेठ २०७७

जनकपुर ।  पत्रकार वीरेन्द्र रमण अस्पतालबाट डिस्चार्ज भएका छन् ।  कोरोना संक्रमणलाई जितेर बिहिबार प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसनबाट पत्रकार रमण डिस्चार्ज भएका हुन् । कोरोना संक्रमणको पुष्टी भएपछि उनलाई गत वैशाख ३१ गते आइसोलेसनमा राखिएको थियो । 

पत्रकार रमणको तेस्रो कोरोना टेस्टको रिपोर्ट नेगेटिभ आएपछि उनलाई चिकित्सकहरुको रोहबरमा डिस्चार्ज गरिएको छ । चिकित्सक रविरञ्जन प्रधानकाअनुसार पत्रकार रमणमा अब कोरोनाको कुनै किसिमको संक्रमण नरहेको जनाए । 

पत्रकारहरुले स्वेच्छाले कोरोना संक्रमण रहे नरहेको बुझ्नका लागि पीसीआर टेस्ट गराएपछि पत्रकार रमण र १ जना पुस्तक व्यवसायीमा गत वैशाख ३० गते कोरोना संक्रमण पुष्टी भएको थियो ।  उनी प्रादेशिक अस्पतालमा रहेको आइसोलेसनबाट डिस्चार्ज हुने पहिलो व्यक्ति हुन् । उनी १८ दिनपछि आइसोलेसनबाट कोरोना संक्रमणलाई जितेर डिस्चार्ज  भई बाहिरिएका छन् । 

पत्रकार रमण डिस्चार्ज भएसङ्गै उनलाई फुलमाला लगाएर स्वागत गरिएको थियो । उनलाई नेपाल पत्रकार महासंघ प्रदेश दुईका महासचिव किरण कर्ण, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्र, पत्रकार अजय अनुरागीले माला लगाएर स्वागत गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप