शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

समर्थन मूल्यको आधारमा किसानले उत्पादन गरेको उपज सरकारले खरिद गर्ने

बिहीबार, १५ जेठ २०७७, १९ : १८
बिहीबार, १५ जेठ २०७७

काठमाडौं । किसानले उत्पादन गरेपछि बिक्री हुन नसकेको उपज सरकारले समर्थन मूल्यको आधारमा खरिद गर्ने भएको छ । कृषि उपजको समर्थन मूल्य तोकी खरिद गरिने व्यवस्था मिलाउनुको साथै अगामी वर्षदेखि स्थानीय तहको सरकार, संघ–संस्था एवं भूमी बैंकमार्फत भूमी खेती गर्ने किसानलाई मात्र शीत भण्डारमा अनुदान दिइने व्यवस्था मिलाइएको अर्थमन्त्री डा.युवराज खतिवडाले बताए ।

बिहीबार अगामी वर्षको आर्थिक बजेट प्रस्तुत गर्दै उनले खाद्य व्यवस्था तथा अपूर्ति व्यवस्थालाई सुदृढ तुल्याउनका र कृषि मूल्यको सुनिश्चितता दिन दुई सय खाद्य भण्डारण केन्द्र स्थापना गर्न स्थानीय तहलाई एक खर्ब रुपियाँ वित्तिय हस्तान्तरणको व्यवस्था समेत गर्ने बताए ।

यस्ता केन्द्रबाट समर्थन मूल्य तोकेका उपज खरिद गर्ने एक तहको प्रशोधन गरी वबक्रि गर्न तथा सहकारी र नीजि क्षेत्रमा हाल सञ्चालित रहेका सरकारले खाद्य गोदामको मर्मत सम्भार गरी खाद्य सञ्चय गर्न खाद्यान्न बैंकको अवधारणा मिलाएएको उनले बताए ।

सबै स्थानीय तहमा कम्तीमा एक कृषि र एक पशुसेवा प्राविधिकको व्यवस्था मिलाउन ५० करोड रुपियाँ विनियोजन गरेको छ । कृषि क्याम्पसमा स्नातक अध्ययनरत विद्यार्थीलाई इन्टर्नसीप गराउने तथा प्राविधिक शिक्षालयमा अध्ययनरत विद्यार्थीलाई पढाईसँगै आय आर्जन गर्ने व्यवस्था समेत मिलाएको छ ।

कृषि बाली तथा पशुपंक्षी बालीको बीमाको दायरा बढाउनुको साथै जोखिम न्यूनिकरण गर्न बीमा रकममा अनुदानको व्यवस्था गरेको छ । बाली बीमा गर्दा प्रिमियम वापत कृषकले तिर्ने रकम बाली उत्पादन भएपछि तिर्न पाउने सुविधा दिइने अर्थमन्त्री खतिवडाले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप