शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सनराइज बैंकका ग्राहकले इजि केयरबाट औषधि खरिद गर्दा २२% सम्मको छुट पाउने

बिहीबार, १५ जेठ २०७७, १८ : १५
बिहीबार, १५ जेठ २०७७

काठमाडौं– सनराइज बैंकले आफ्ना ग्राहकहरुलाई घरमै बसेर औषधि तथा आवश्यक मेडिकल किट  खरिद गर्दा २२% सम्म छुट र क्यास व्याकको व्यवस्था गरेको छ । 

ग्राहकहरुको स्वास्थ्य, सेवा र सुविधालाई मध्यनजर गर्दै बैंकले हालको लकडाउनको अवस्थामा पनि इजि केयरमा गरिएको खरिदका लागि बैंकको क्यू.आर कोड तथा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी आवश्यक औषधि खरिद तथा “ब्लड टेष्ट फ्रम होम” सुबिधा लिने ग्राहकहरुलाई १२ प्रतिशत छुट र १० प्रतिशत वा ५०० रुपैयाँसम्म क्यास ब्याक प्रदान गर्नेछ । 

त्यसका साथै ग्राहकहरुले बैंकको कार्ड वा क्यू.आर कोड प्रयोग गरी आवश्यक मेडिकल किट जस्तै मास्क, पन्जा, सेनिटाइजर, स्प्रे तथा अन्य सामान खरिद गर्दा १० प्रतिशत वा ५०० रुपैयाँसम्मको विशेष छुट पनि पाउन सक्नेछन् । 

अवस्थाको जटिलता तथा ग्राहकहरुको सहजता, सुविधा र सुरक्षालाई ध्यानमा राखेर बैंकले काठमाडौं अर्गानिक, नेप मेड्स, मेरो किराना र फुडमाण्डुमा आवश्यक सामान खरिद गर्दा १० प्रतिशत वा ५०० रुपैयाँसम्म क्यास ब्याक पाउन सक्ने व्यवस्था गरेको छ ।

घरमा नै सुरक्षित बसी डिजिटल बैंकिङ्ग सुविधाको उपभोग गर्न बैंकले ग्राहकहरुलाई आग्रह गरेको छ । साथै  बंैकले ग्राहकको सहजतालाई ध्यानमा राख्दै देशव्यापी ए.टी.एम नेटवर्क, अनलाइन बैंकिङ्ग सेवाका साथै केहि नगद काउण्टर, रेमिट्यान्स सेवाहरु सुचारु राख्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप