कुन राजमार्गका लागि कति बजेट ? पुल बनाउन १० अर्ब ९१ करोड
सरकारले हुलाकी राजमार्गका लागि ७ अर्ब ५१ करोड र मदन भण्डारी राजमार्गका लागि ३ अर्ब ७ करोड बजेट छुट्याएको छ ।
पुष्पलाल राजमार्गलाई ३ वर्षभित्र सक्न ३ अर्ब २७ करोड विनियोजन गरिएको छ भने मदन भण्डारी राजमार्ग ३ वर्षभित्र सक्याउने गरी ३ अर्ब ७ करोड बिनियोजन गरिएको अर्थमन्त्री युवराज खतिवडाले बिहीबार बजेट भाषणका क्रममा बताए ।
यसैगरी मध्यपहाडी राजमार्ग ५ बर्षमा निर्माण सक्ने गरी ८ अर्ब बिनियोजन गरिएको छ ।
काठमाडौं तराइ द्रुतमार्ग ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ८ अर्ब ९३ करोड बिनियोजन गरिएकाे छ ।
यसैगरी कान्तिराजपथ र सूर्यविनायक धुलिखेल सडक विस्तारका लागि १ अर्ब २० करोड बजेट विनियोजन गरिँदा प्रत्येक निर्वाचन क्षेत्रका एकभन्दा स्थानीय जोड्ने निर्वाचन क्षेत्र रणनीति सडक निर्माण कार्यका लागि तीन अर्ब ३० करोड विनियोजन गरिएको छ ।
यस्तै पुल बनाउन १० अर्ब ९१ करोड रूपैयाँ बिनियोजन भएका छ ।
प्रदेश सरकारसँग समन्वय गरेर कुलेखानीमा सुरुङ मार्गको अध्ययन सकेर काम थाल्ने पनि भनिएको छ । सबैतिर सुरुङ मार्गका लागि ६ अर्ब ४२ करोड छुट्याइएको छ ।
कान्तिराजपथ र सूर्यविनायक धुलिखेल सडक विस्तारका लागि १ अर्ब २० करोड बजेट विनियोजन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७.३ प्रतिशत आर्थिक विकासको लक्ष्य पूरा हुँदैन: प्रकाशशरण महत
-
प्रचण्डविरुद्ध खनिए बाबुराम–'चुनाव क्षेत्र छोडेर निस्वार्थ सहयोग गरेँ,अहिले मविरुद्ध अशोभनीय हर्कत गर्दै छन्'
-
१६ औँ पञ्चवर्षीय योजनामा आर्थिक समृद्धिका आधारभूत तत्त्व पहिलो प्राथमिकतामा पर्नुपर्छ: पूर्व अर्थमन्त्री खतिवडा
-
साइबर ब्यूरोले सोधपुछ गरेको युवकले सिटामोल खाएको पुष्टि
-
विश्व ट्रायथलन महासंघकी अध्यक्ष नेपालमा
-
१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री