गण्डकी प्रदेशमा करेन्ट लागेर २ जनाको मृत्यु
बिहीबार, १५ जेठ २०७७, १७ : ५९
कास्की । गण्डकी प्रदेशमा आज एक जना करेन्ट लागेर मृत्यु भएको छ भने अर्को एक जनाको पानीमा तैरीएको अवस्थामा शव भेटिएको छ । पोखरा महानगरपालिका वडा नं १३ दुईकुलाको मुहानमा आज एक जनाको शव फेला परेको हो । प्रदेश प्रहरी कार्यालयका अनुसार बेवारिसे अवस्थामा भेटिएका करिब ४५ वर्षका पुरुषको शव पानीमा तैरिएको अवस्थामा आज बिहान फेला परेको हो ।
त्यसैगरी आजै तनहुँमा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ । कपडा सुकाउने क्रममा बिजुलीको नाङ्गो तारमा छुन जाँदा बन्दीपुर गाउँपालिका वडा नं २ गोलडाँडाका ६५ वर्षीय गणेशबहादुर आलेको मृत्यु भएको हो । करेन्ट लागेर घाइते भएका उनको बन्दीपुर अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसीसी प्रिमियर कप : तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्दै
-
पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण
-
दूधमा पनि बर्डफ्लुको भाइरस फेला
-
तौल घटाउन गर्मीमा खानुहोस् कम चिनी भएका यी ७ फलफूल
-
कृषि मन्त्रालयको बजेट सिलिङ ५१ अर्ब ८८ करोड, कुन योजनालाई कति रकम ?
-
यी तीन स्टार खेलाडीको नाममा लज्जास्पद कीर्तिमान