शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आगामी आर्थिक वर्षभित्र मेलम्चीको पानी काठमाडौँमा वितरण गरिने

बिहीबार, १५ जेठ २०७७, १७ : ५३
बिहीबार, १५ जेठ २०७७

अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षभित्र मेलम्ची खानेपानी आयोजनाको आधारभूत भौतिक पूर्वाधार निर्माण सकेर पानी  काठमाडौँवासीलाई वितरण गर्ने बताएका छन् । 
मेलम्चीको सो आयोजना सक्नका लागि ५ अर्ब ४६ करोड बजेट विनियोजन गरेको उनले बताए ।  

यस्तै काठमाडौं उपत्यका खानेपानी तथा ढल निकास व्यवस्थापनका लागि ५ अर्ब ८९ करोड बजेट छुट्याएको मन्त्री खतिवडाको भनाई छ । 

तिनै तहबाट संचालित खानेपानी आयोजना २ बर्षमा सम्पन्न गरेर ९४ प्रतिशत नागरिकमा खानेपानी सुविधा व्यवस्था गर्ने उनले बताए ।  

उनले सबै सबै प्रदेशका राजधाजीमा खानेपानी व्यवस्थापनका लागि बजेट छुट्याएको पनि बताए ।

तराई मधेशका सुख्खा क्षेत्रमा पम्पिङ व्यवस्थाबाट खानेपानीका लागि ५ अर्ब बजेट छ्ट्याएको खतिवडाले बताए । 

यस्तै काठमाडौ उपत्यका खानेपानी लिमिटेडलाई व्यवसायिक संस्थाको रुपमा विकास गर्न १ अर्ब ९९ करोड विनियोजन गरिएको छ । 

खानेपानी आयोजना मर्मतका लागि ३ अर्ब छुट्याएको बताउदै तराई मधेशमा वितरण गर्ने पानीलाई आर्सनिक मुक्त बनाइने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप