बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटमा कोरोना संक्रमितको संख्या १२७ पुग्यो

बिहीबार, १५ जेठ २०७७, १७ : ५१
बिहीबार, १५ जेठ २०७७

रौतहट । रौतहटमा बिहीबार दोस्रोपटक १७ जनामा कोरेना भाईरसको संक्रमण पुष्टि भएको छ । योसँगै रौतहटमा कोरोना भाईरस संक्रमितको संख्या १२७ पुगेको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयबाट बिहीबार अपरान्ह राजपुर नगरपालिकाका विभिन्न वडाका १७ जना पुरुषको स्वाब परीक्षण रिपोर्ट पोजिटिभ आएको जिल्ला स्वास्थ कार्यालय प्रमुख महेस साहले बताए । यसअघि आजै बिहान राजदेवी नपाको ३ जनामा कोरोना पुष्टि हुँदा संक्रमित संख्या ११० पुगेको थियो । बिहिवार पोजेटिभ देखिएका सबैजना केहि दिनअघि भारतको विभिन्न सहरबाट आएका थिए ।

भारतबाट आउने बितिकै सबैलाई सम्बधित क्वारेन्टाइनमा पु¥याइएको थियो । क्वारेन्टाइनबाट स्वाब संकलन गरि जाँचको लागि पठाइएकोले अन्यलाई संक्रमणको जोखिम नरहेको स्वास्थ प्रमुख साहले जानकारी दिए । संक्रमित सबैजना तत्काल क्वारेन्टाइनमा राखिएका छन् । गरुडा नगरपालिका अन्तरगत जिंगडिआ चोकमा रहेको प्रहरी बोर्डिङमा ७० बेडको आईसोलेसन निर्माण भैइरहेकाले निर्माण पूरा हुनासाथ त्यहीँ राखेर संक्रमितको उपचार हुने रौतहटका प्रमुख जिल्ला अधिकारी बाशुदेव घिमिरेले जानकारी दिएका छन् । पछिल्लो समय भारतका विभिन्न सहरबाट रौतहट आउनेको संख्या एक्कासि बढेपछि जिल्लाका क्वारेन्टाइनमा बसाइमा समेत समस्या हुन थालेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप