शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

निजी क्षेत्रको ५ प्रतिशतको ब्याजदर माग पूरा

बिहीबार, १५ जेठ २०७७, १७ : ३०
बिहीबार, १५ जेठ २०७७

काठमाडौं । सरकारले कोभिड–१९ बाट प्रभावित निजी क्षेत्रका व्यावसायीले उठाउँदै आएको ५ प्रतिशत ब्याजदरको माग सम्बोधन गर्ने भएको छ ।व्यवसायीले आफूहरुको व्यापार चौपट भएको भन्दै राहतका लागि सरकारले ५ प्रतिशत ब्याजमा ऋणको व्यवस्था गर्नु पर्ने माग गर्दै आएका थिए । 

 आर्थिक वर्ष २०७७/७८ को बजेट मार्फत सरकारले यस्तो कर्जाको व्यवस्था गर्ने घोषणा गरेको छ ।

यसका लागि सरकारले १३ अर्ब ९६ करोड रकम विनियोजन गरेको बताएको छ । यस्तो व्यवस्था बैंकिङ कर्जाको पुर्नकर्जामा प्रदान गरिने अर्थमन्त्री युवराज खतिवडाले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप