शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले कर्मचारीलाई घुम्न प्रोत्साहन गर्ने

बिहीबार, १५ जेठ २०७७, १७ : १४
बिहीबार, १५ जेठ २०७७

राष्ट्रसेवक कर्मचारी र सं‌गठित क्षेत्रका कर्मचारीलाई देशदर्शन गर्न प्रोत्साहित गरिने भएको छ । 
यसअघि पर्यटन मन्त्री योगेश भट्टराईले कर्मचारीलाई घुम्न एक महिना विदा दिने भनेको थिए । 
अर्थमन्त्री डा. युवराज खतिवडाले देशदर्शनमा प्रोत्साहन भनेपनि बिदाको विषयमा स्पष्ट पारेनन् । पर्यटन प्रवर्द्धनका लागि  हिमाली तथा पहाडी क्षेत्रमा अध्ययन गरि पर्यटक आकर्षण गरिने उल्लेख छ । 
नयाँ पर्यटकीय प्रडक्ट विकास गर्न बजेट बिनियोजन तथा पर्यटनमा कर छुट लगायत सुविधा दिने पनि बजेट भाषणमा भनिएको छ । एक प्रदेश एक पर्यटकीय गन्तव्यको स्थापना गरिने पनि जनाइएको छ । त्यसका लागि एक अर्ब २६ करोड रकम विनियोजन भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप