शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

क्वारेन्टाइन निर्माणको विरोध गर्दै स्थानीयले गरे प्रहरीमाथि ढुंगामुढा, १२ राउण्ड हवाई फायर

बिहीबार, १५ जेठ २०७७, १६ : ५८
बिहीबार, १५ जेठ २०७७

रौतहट । रौतहटमा क्वारेन्टाईन राख्न खोज्दा स्थानीयले प्रहरीमाथि ढुुंगामुढा प्रहार गरेका छन् । स्थानीयवासीले गरेको ढुुँगा प्रहारबाट एकजना असईको टाउको फुुटेको छ भने सईसहित ५ जना प्रहरीलाई चोटपटक लागेको छ ।
घटनालाई साम्य पार्न प्रहरीले लाठीचार्ज गर्नुका साथै १२ राउण्ड हवाईफायर गरेको छ ।

कटहरिया ५ स्थित जनता माविको भवनमा रहेको क्वारेन्टाइइनमा बस्ने शंकास्पद बिरामीको संख्या बढदै जाँदा अर्को क्वारेन्टाईन बनाउन प्रहरी टोली केही सामानसहित वडा नम्बर–१ स्थित भसेढवा माविको प्राङ्गनमा पुुगेका थिए ।
सामान बाकेको ट्याक्टरलाई भसेढवा माविको प्राङ्गन बाहिरै रोकेर स्थानीयले कुनैपनि हालतमा त्यहाँ क्वारेन्टाईन बनाउन नदिने अडान लिएका थिए ।

लगतै पुगेका  मेयर सियाराम कुश्वाहा र ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई सुुरेन्द्र सिंहले स्थानिय सर्वसाधारणलाई सम्झाएका थिए । तर उनीहरुले नमानेपछि परिस्थिति झडपको अवस्थामा पुगेको हो । सर्वसाधारणले नमानेपछि सई सिंहले ईलाका प्रहरी कार्यालय गरुडाबाट थप मद्दत मगाएका थिए ।

थप प्रहरी विद्यालयको गेटमा पुुग्नासाथ स्थानीयले प्रहरी टोली माथि ढुुंगामुढा प्रहार सुुरु गरेको सई सिंहले बताए । ढुुंगामुढा प्रहारबाट असई हिरालाल साहको टाउको फुुटेको छ भने सई सुरेन्द्र सिंहसहित ५ जना प्रहरी घाइते भएको  ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले बताए । घटनालाई नियन्त्रणमा लिन प्रहरीले १२ राउण्ड हवाई फायर गर्नुुका साथै सामान्य लठीचार्ज गरेको डिएसपी महतोले जानकारी दिए ।

कटहरिया नगरपालिकाका मेयर सियाराम कुश्वाहाले वर्तमान संकटको घडीमा सबै दल एक भएर कोरोनाको महामारीविरुद्ध लडनुुको सट्टा काँग्रेसका केही नेताले गाउँलेलाई उचालेर यस्तो घटना घटाएको आरोप लगाए । नगरपालिकाले केही समय अघिनै भसेढवा माविमा क्वारेन्टाइन राख्ने निर्णय गरेको थियो ।

सो निर्णय कार्यान्वयनमा काँग्रेसका केही नेता बाधक बनेको मेयर कुश्वाहाको आरोप छ । उता नेपाली काँग्रेसका एक जिल्ला सदस्य बाल्मिकी यादवले आफुुहरुले कसैलाई नउचालेको बरु मेयरको उपस्थितिमा प्रहरीले निर्दोष जनतामाथि दमन गरेको भन्दै आपत्ति जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप