शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश नम्बर २ः दर्जन भन्दा बढी प्रहरी कोरोना संक्रमित

बिहीबार, १५ जेठ २०७७, १६ : ४५
बिहीबार, १५ जेठ २०७७

जनकपुर । प्रदेश नम्बर २ मा कोरोना संक्रमित सुरक्षाकर्मीको संख्या एक दर्जनभन्दा बढी पुगेको छ । महामारी कोरोना संक्रमण पैmलिरहेको बेलादेखि नै अग्रिम मोर्चा सम्हालिरहँदा प्रदेशभरीमा १५ जना सुरक्षाकर्मी संक्रमित भएका हुन् ।

अपर्याप्त सुरक्षा पोशाकका बावजुद नेपाल प्रहरीले सुरक्षा दिइरहँदा अहिलेसम्म १५ जना प्रहरीमा कोरोना संक्रमण देखिएको २ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

धनुषामा संक्रमित २ जना मध्ये १ असई र १ जना प्रहरी जवान, सिरहामा प्रहरी उपरिक्षक उमाप्रसाद चतुरवेदीका सुरक्षागार्ड १ जना र चालक १ जना गरी २ जना प्रहरी हवल्दार रहेका छन् ।

सप्तरीमा २ जना प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै बारामा १ प्रहरी निरक्षक, १ हवल्दार र १ सई र ४ प्रहरी जवान गरी ७ जना संक्रमित रहेको बाराका प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले जानकारी दिए ।

बिहीबार सप्तरीको बोदे बरसाइन नगरपालिकास्थित चन्द्र माध्यमिक विद्यालयको क्वारेन्टाइनमा खटिएका एक प्रहरीमा कोरोनासंक्रमण पुष्टि भएको छ । यसअघि नै एक जना प्रहरी जवान संक्रमित भएका थिए ।

प्रहरीमा कोरोना संक्रमण देखिन थालेपछि प्रदेश प्रहरीका प्रवक्तासमेत रहेका प्रहरी उपरिक्षक जयराज सापकोटाले सतर्कता अपनाउन भनेका छन् ।

त्यस्तै महोत्तरीमा नेपाली सेनाका एक पृतनपति र एक जना डाक्टर गरी २ जनामा कोरोना संक्रमण पाइएको थियो भने बारामा पनि २ जना नेपाली सेनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

यता, प्रहरी र नेपाली सेनामा पनि कोरोना संक्रमण भेट्न थालिएपछि सशस्त्र प्रहरीले पनि आफ्ना जवानको कोरोना परिक्षण गर्ने भएको छ । सशस्त्र प्रहरीका जवानले महिनौँदेखि सीमा नाकामा सुरक्षा दिँदै आइरहेका बेला सुरक्षाकर्मीमा पनि कोरोना संक्रमण भेट्न थालेपछि दुई दिन पछि कोरोना चेकजाँच गरिने २ नम्बर प्रदेशका सशस्त्र प्रहरीका प्रमुख राजु अर्यालले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप