मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

१० युनिटसम्म खर्च गर्नेलाई निःशुल्क बिजुली

बिहीबार, १५ जेठ २०७७, १६ : ४०
बिहीबार, १५ जेठ २०७७

काठमाडौं । १० युनिटसम्म विद्युत् खपत गर्नेलाई निशुःल्क विद्युत दिइने भएको छ । 

अर्थमन्त्री युवराज खतिवडाले बजेट वक्तव्यमा उक्त सीमासम्म विद्युत् खपत गर्नेलाई निशुल्क विद्युत् दिने बताएका हुन् । 

 मासिक १५० युनिटसम्म खपत गर्नेलाई अहिलेको शुल्कमा २५ प्रतिशत, २५० युनिटसम्म खर्च गर्नेलाई १५ प्रतिशत शुल्क छुट दिने घोषणा समेत गरेका छन् । 

त्यस्तै खानेपानी आयोजनालाई विद्युत् शुल्क मिनाह गर्ने र विद्युत महशुलमा छुट दिने घोषणा गरेका छन् । लकडाउन अवधिभर उद्योग व्यवसायको विद्युत हशुलमा डिमाण्ड चार्ज पनि लिइने छैन । 
साथै डिमाण्ड कम हुने समयमा विद्युत् खपत गर्ने उद्योगीलाई छुट दिने घोषणा समेत गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप