बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

चालु वर्षको बजेट खर्च ७० प्रतिशत मात्रै हुने

बिहीबार, १५ जेठ २०७७, १६ : २६
बिहीबार, १५ जेठ २०७७

चालु आर्थिक वर्षमा ७० प्रतिशत मात्रै खर्च हुने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्यमा उक्त संशोधित अनुमान सार्वजनिक गरेका हुन् ।

उनले यो वर्षको बजेटमध्ये १९ खर्ब ७३ अर्ब रुपैयाँ मात्रै खर्च हुने बताएका हुन् । यसमध्ये चालुतर्फ ७३.३ प्रतिशत, पुँजीगततर्फ ५८.८ प्रतिशत र वित्तीयय व्यवस्थातर्फ ७८.८ प्रतिशत खर्च हुने अपेक्षा गरिएको छ ।

स्रोततर्फ राजश्व परिचालन ७४.४ प्रतिशत हुनेछ । चालु आर्थिक वर्षमा ८ खर्ब २८ अर्ब राजश्व उठ्ने, ३२ अर्ब वैदेशिक ऋण अनुदान र वैदेशिक ऋण १ खर्ब २१ अर्ब रुपैयाँ तथा आन्तरिक ऋण १ खर्ब १९ अर्ब उठ्ने अनुमान गरिएको छ ।

चालु आर्थिक वर्षमा १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेट ल्याएको थियो । सो वर्ष चालुतर्फ चालु खर्चतर्फ ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख रुपैयाँ, पुँजीगततर्फ ४ खर्ब ८ अर्ब ५९ करोड ५९ लाख रुपैयाँ तथा वित्तीय व्यवस्थातर्फ १ खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप