शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मृतक र संक्रमित दुवैको संख्या बढ्दैछ, सावधानी अपनाऔंः स्वास्थ्य मन्त्रालय

बिहीबार, १५ जेठ २०७७, १५ : १४
बिहीबार, १५ जेठ २०७७

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणबाट मृतकको संख्या र संक्रमितको संख्या दुुवै बढ्दै गएको भन्दै सावधानी अपनाउन सवैलाई आग्रह गरेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो अपडेटबारे जानकारी गराउदै मृतकको संख्या ५ पुगेको र संक्रमितको संख्या एकहजार ४२ पुगेको जानकारी दिए । उनका अनुसार पछिल्लो २४ घण्टामा १५६ संक्रमित थपिएका छन् । हालसम्म ५१ जिल्लामा संक्रमण फैलिसकेको छ ।
पछिल्लो पटक कोरोना संक्रमणबाट ललितपुर बुंगमतिका ५६ बर्षिय पूरुषको जेठ १४ गते मृत्यु भएको थियो । मन्त्रालयले यस विषम परिस्थितिमा थप सजगता र आफ्ना कार्यहरु गतिशिल बनाउनुपर्ने भएकाले सवैलाई सहयोग गर्न आह्वान गरेको छ । मन्त्रालयले अझै चुनौती बेहोर्नुपर्ने भएकाले विशेषगरी दीर्घरोगीहरु लगायतलाई आ–आफ्नो स्थानबाट सहयोग गर्न अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप