शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सोलुखुम्बु, दोलखा, बझाङ र दार्चुलामा पनि संक्रमित फेला (विवरणसहित)

बिहीबार, १५ जेठ २०७७, १५ : १०
बिहीबार, १५ जेठ २०७७

काठमाडौं ।  सोलुखुम्बु, दोलखा, बझाङ र दार्चुला जिल्लामा पनि कोरोनाभाइरस संक्रमित फेला परेका छन् । 

बिहीबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले यी जिल्लामा सहित थप १५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिए । 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १०४४ पुगेको छ । 

यस्तै बुधबार ललितपुरका एक जनाको कोरोनाबाट मृत्यु भएको पनि देवकोटाले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । 

देवकोटाका अनुसार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा २ जनामा पोजेटिभ देखिएको छ । उनीहरु सप्तरी जिल्लाको भएको देवकोटाले जानकारी दिए । उनीहरु ३२ र ४७ वर्षीय पुरुष हुन् । 

यसैगरी कोशी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा २५ जनामा पोजेटिभ देखिएको छ । उनीहरु सबै झापा जिल्लाका भएको र १६ देखि ४२ वर्ष उमेरसम्मका रहेको देवकोटाले बताए । 

यसैगरी भरतपुर अस्पतालमा गरिएको परीक्षणमा एक जनामा पोजेटिभ देखिएको छ । पोजेटिभ देखिएका नवलपुर जिल्लाका १९ वर्षीय पुरुष हुन् । 

यसैगरी काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणणमा ७७ जनामा पोजेटिभ रिपोर्ट आएको छ । 

जसमा धनुषाका २९ जना रहेका छन् । उनीहरु २ बालबालिका, २ महिलासहित २५ जना पुरुष हुन् । त्यसैगरी महोत्तरीमा १७ जना संक्रमित थपिएका छन् । एक महिला र पुरुष १६ जना रहेका छन् भने उनीहरु १५ देखि ४५ वर्ष उमेरसम्मका रहेका छन् । 

यसैगरी रौतहटका ३ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु १२ देखि ३० वर्षसम्मका पुरुष रहेका छन् । 

त्यसैगरी सप्तरीका १२ जना नयाँ संक्रमित रहेका छन् । जो १८ देखि ४२ वर्षसम्मका पुरुषहरु रहेको देवकोटाले बताए । 

त्यसैगरी सर्लाहीका ७ जना १७ देखि २१ वर्षसम्मका पुरुषहरु रहेका छन् भने सिरहाका १४ देखि ४० वर्षसम्मका ६ जना रहेका छन् । 

यसैगरी दोलखामा पनि कोरोना संक्रमित भेटिएका छन् । भेटिएकाहरु १९ र २० वर्षीय पुरुष रहेका छन् । दोलखामा पहिलो पटक संक्रमण देखिएको हो ।  यस्तै सोलुखुम्बुका २६ वर्षीय पुरुष १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।  यस्तै बझाङका ५५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । बझाङ र दार्चुलामा पहिलो पटक संक्रमित भेटिएका हुन् ।  

यसैगरी सुर्खेतमा गरिएको परीक्षणमा १३ जनामा संक्रमण पुष्टि भएको छ।  संक्रमितमा ११ देखि ३७ वर्षसम्मका रहेका छन् । त्यसैगरी दैलेखका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु १७ देखि ४० वर्ष उमेरका रहेका छन् जसमा एक महिला र बाँकी पुरुष छन् । 

गण्डकी प्रदेशमा गरिएको परीक्षणमा तीन जनाको पोजेटिभ आएको छ । उनीहरु सबै स्यांजाका हुन् । 

सेती अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा थप ३ जनाको पोजेटिभ देखिएको छ । उनीहरु दार्चुलाका २५ वर्षीय पुरुष, कैलालीका २ जना २५ र ३० वर्षीय पुरुष छन् । दार्चुलमा पहिलो पटक संक्रमण देखिएको हो । 
त्यसैगरी कीटजन्य प्रयोगशाला हेटौंडामा गरिएको परीक्षणमा मकवानपुरका १ जनामा पोजेटिभ देखिएको छ । उनी ५० वर्षीय पुरुष हुन् । 

त्यसैगरी भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ४ जनामा पोजेटिभ देखिँदा उनीहरुमध्ये ३ जना बर्दियाका र १ जना बाँकेका रहेका छन् । 

यसैगरी धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा १७ जनामा पोजेटिभ देखिएको छ।  उनीहरु सबै रौतहटका हुन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप