सिजीले ल्यायो कोरोना बीमा अफरः ४ लाखसम्ममा १२ महिने बीमा, अनलाइनमार्फत बुकिङ तथा खरिद गर्न सकिने
काठमाडौं– नेपालको प्रतिष्ठित उद्योग चौधरी ग्रुप एक स्थापित कम्पनि हो । यस कम्पनीले विभिन्न क्षेत्रमा व्यापार व्यवसायको काम गर्दै आईरहेको छ । चौधरी ग्रुपले आर्थिक तथा सामाजिक कार्यमा संलग्न हँुदै विभिन्न सामाजिक कामहरुको साथै नेपालमा आई पर्ने प्राकृतिक प्रकोप तथा अन्य क्षेत्रमा सामाजिक कार्य गरि आफ्नो उपस्थिति देखाउँदै आइरहेको छ ।
चौधरी ग्रुपले विगत ३ दशक अगाडि देखि नेपालमा इलेक्ट्रोनिक्स सामाग्रीको कारोबार गर्दै आएको छ । चौधरी ग्रुपअन्तर्गतको सि.जी. इलेक्ट्रोनिक्स नेपालमा ईलेक्ट्रोनिक्स व्यवसायमा ग्राहकहरुलाई गुणस्तिरिय सामानहरु त्था बिक्री पछि को सेवा प्रदान गर्दै आईरहेको इलेक्ट्रोनिक्स कम्पनी हो । सि.जी. ईलेक्ट्रोनिक्सले राष्ट्रिय तथा अन्तराष्ट्रिय इलेक्ट्रोनिक्स ब्राण्डहरुलाई नेपालमा विक्री वितरण गरि ग्राहकहरुलाई सुविधा प्रदान गर्दै आएको छ । यस कम्पनीले आफ्ना ग्राहकहरुको लागि सामानमा गुणस्तर तथा विक्री पछिको सेवालाई प्रथामिकतामा राख्दै आईरहेको छ ।
हाल विश्वभर महामारीको रुपलिएको कोरोनाभाइरसको प्रकोपलाई लक्षित गर्दै नेपालमा आफ्ना ग्राहकहरुको लागि बीमा गर्ने योजना सार्वजनिक गरेको छ । कम्पनीले विभिन्न क्षेत्रमा गर्दै आएको सामाजिक कार्य तथा हाल आएर नेपालमा फैलिएको कोरोनाभाइरसबाट आफ्ना ग्राहकको सुविधा तथा स्वास्थ स्थितिको सुरक्षा चासो राख्दै उक्त कोरोनाभाइरस बीमा गर्ने व्यवस्था गरेको हो ।
यो बीमा ग्राहकहरुले अनलाइनमार्फत बुकिङ तथा खरिद गर्न सक्नेछन् । कम्पनीको अनुसार कम्पनी र बीमा कम्पनी बीच भएको शर्त तथा योजनाअनुसार सम्पूर्ण जानकारी गराउने व्यवस्था गरेको वताएको छ ।
कम्पनीकाअनुसार ग्राहकले कम्पनीले तोकेको मापदण्ड तथा शर्तहरु अध्ययन गरि सामान अर्डर गर्न तथा आफ्नो विवरण भरेर सजिलै ४ लाख सम्मको कोरोनाभाइरस बीमा गर्न सक्नेछन् । उक्त बीमा प्रक्रियाको सम्पूर्ण जानकारी आफ्नो वेवसाइटमा राख्ने कम्पनीले जनाएको छ । यो योजनाको सम्पूर्ण विवरण कम्पनीको अनलाइन वेवसाइट www.cgdigital.com.np/www.lgnepal.com मा गएर हेर्न सकिने कम्पनीले बताएको छ ।
उक्त कार्यबाट हाल नेपालमा पनि महामारीको रुपमा आएको कोरोनाभाइरसबाट सर्वसाधारण ग्राहकको साथै नेपाल सरकारलाई समेत सहयोग पुग्ने अपेक्षा कम्पनीले लिएको छ । यस योजनमा ग्राहकले विना कुनै झन्झट सहभागि हुन सक्नेछन् । यो योजना नेपाली नागरिकको लागि लक्षित गरेर सार्वजनिक गरिएको कम्पनीले बताएको छ । यस योजनामा ग्राहकले आफुलाई आवश्यक परेको इलेक्ट्रोनिक्स सामान खरिद गर्न सक्नुको साथै आफ्नो स्वास्थ्यको लागि बीमा पनि हुने भएकोले यो योजना ग्राहकको रोजाइमा पर्ने कम्पनिले अपेक्षा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा