शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

वरिष्ठ गीतकार रत्नशम्शेर थापाको निधन

बिहीबार, १५ जेठ २०७७, १४ : ५३
बिहीबार, १५ जेठ २०७७

काठमाडौं । वरिष्ठ गीतकार रत्नशम्शेर थापाको निधन भएको छ । बिहीबार मध्यान्ह १२ बजे उनको राजधानीको नर्भिक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।  

८३ वर्षीय थापाको निधन भएको पारिवारिक श्रोतले पुष्टि गरेको छ । अहिले उनको शव नर्भिक अस्पतालमै रहेको जनाइएको छ । अस्पतालले थापाको कोभिड–१९ को परीक्षण गरेपछि शव निकाल्ने तयारी भएको जनाइएको छ ।

गीतकार थापाका घुम्तीमा नआऊ है, ए कान्छा ठट्टैमा यो बैंश जान लाग्यो, फूलैफूलको मौसम, जाग लम्क चम्क, विछोडको पीडासहितका गीतहरु चर्चामा रहेका छन् । 

थापाको जन्म सन् १९३९ मा भएको थियो । उनी देवकोटा साहित्य पुरस्कार, युगकवि सिद्धिचरण काव्य पुरस्कार, मुक्ति पुरस्कार, भीमनिधि राष्ट्रिय प्रतिभा पुरस्कार, छिन्नलता पुरस्कार, रेडियो नेपालबाट सम्मान(गीतमा), लाइफटाइम एचिभमेन्ट अवार्ड लगायतबाट सम्मानित भएका थिए । थापा संगीत रोयल्टी संकलन समितिका संस्थापक अध्यक्ष समेत हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप