केन्द्रीय संस्करण
गणतन्त्र दिवस

एक थोपो रगत नबगी घोषणा भएको गणतन्त्रका सकारात्मक पक्ष र कार्यान्वयनमा निरन्तर उठेका प्रश्न

person explore access_timeजेठ १५, २०७७ chat_bubble_outline0

गणतन्त्र घोषणाको १२ वर्ष पुगेर १३ वर्ष लागेको छ । यसका ऐतिहासिक र धेरै सकारात्मक उपलब्धिका पक्षहरुलाई बिर्सन मिल्दैन । हामी लामो समय र सङ्घर्षपश्चात निरङ्कुशता विरुद्धको २०६२÷०६३ को आन्दोलनमा उत्कर्षमा पुग्यौँ, त्यो नै गणतन्त्रको आधार स्तम्भ थियो । निरङ्कुशता विरुद्ध शान्तिपूर्ण रूपमा लडिरहेका आन्दोलनकारी शक्तिहरु र सशस्त्र क्रान्तिको आधारमा मात्रै परिवर्तन हुन्छ भन्ने शक्तिहरु जब एक ठाउँमा उभिएर संयुक्त जनआन्दोलन सञ्चालन हुनपुग्यो त्यसले निरङ्कुशतालाई घुँडा टेकाएको हिजो जस्तै लाग्छ ।

एक थोपो रगत नबगी घोषणा भएको गणतन्त्र

त्यसपछिको लामै समय हामीले प्राप्त परिणामलाई संस्थागत गर्न लगायौँ । प्रतिनिधि सभा पुनस्र्थापित भयो । अन्तरिम संविधान जारी गर्यौँ । व्यवस्थापिका संसद बनायौँ र संविधान सभा गठनको आधार तयार गर्यौँ । त्यो कालमा हामीले निरङ्कुशताका हात, खुट्टा र पखेटा काट्ने धेरै ठूला प्रयासहरु भए अर्थात् आधारहरु तयार भए र संविधान सभाको पहिलो बैठकबाट गणतन्त्रको घोषणा भयो । त्यो पहिलो बैठकबाट यति सजिलै गणतन्त्र आएकोमा कतिपय मित्रहरुको टिप्पणी पनि म सम्झन्छु । तर संविधान सभाको पहिलो बैठकले गणतन्त्र घोषणा गरेर, त्यो गणतन्त्र एक थोपा रगत पनि नबगी घोषणा भएको देख्दा कतिले टिप्पणी पनि गरेको मलाई अझै सम्झना आउँछ । तर संयुक्त जनआन्दोलनपश्चात पुनस्र्थापित प्रतिनिधि सभा, व्यवस्थापिका संसद लगायतका आधारमा टेकेर संविधान सभाको पहिलो बैठकले गणतन्त्रण घोषणा गरेको थियो । गणतन्त्र घोषणापश्चात संविधान सभाले अन्तरिम संविधान बमोजिम काम गर्न थालिसकेपछि संविधान सभाले संविधान निर्माणकोे कामलाई लामो समयको मिहिनेत पछाडि मात्रै पूरा गर्न सफलता प्राप्त गर्न सक्यौँ ।


कतिपयले व्यवस्था फेरियो मानिसहरुको जीवनस्तर फेरिएन भन्ने गुनासा पनि नसुनिएका होइनन् तर यस भनाइमा मैले भन्ने गरेको कुरा हो– हामीले एउटा आधार तयार गरेका छौँ । राजनीतिक रूपमा भन्ने हो भने हामीले यति ठूलो उपलब्धि हासिल गरेका छौँ, माथि नै चर्चा गरेको संविधानकै आधारमा उभिएर म भन्ने गर्छु । हामीले राजनीतिक परिवर्तनका लागि अब आन्दोलन गर्नु नपर्ने आधार तयार गरिसकेका छौँ । अब हामी संविधान संशोधन गरेर जस्तोसुकै राजनीतिक परिवर्तन गर्न सक्ने अवस्थामा छौँ ।


नेपालकै इतिहासमा पहिलो पटक जनता नै अधिकारको स्रोत भएको संविधान हामीले बनायौँ । योभन्दा अगाडि जति पनि संविधान बनेका छन्, नेपालको संवैधानिक इतिहासमा हामीले हेर्ने हो भने पाउँछौँ कि राणा कि राजा संविधानका स्रोत भेटिन्छन् । तर पहिलो पटक हामीले जनता नै अधिकारको स्रोत भएको संविधान निर्माण गर्यौँ । अर्थात् छोेटकारीमा भन्नुपर्दा जनताले जनताका लागि पहिलो पटक हामीले संविधान बनायौँ ।

यो संविधानबाट हामीले गणतन्त्रलाई पूरै संस्थागत गर्ने, वास्तममा गणतन्त्र सङ्घीय लोकतान्त्रिक, समावेशिता र धर्म निरपेक्षता सहितको गणतन्त्र स्थापनाको आधार तयार गर्यौँ । त्यसैले अहिले पछाडि फर्केर त्यसबारेमा सोचिरहँदा, सम्झिरहँदा यो गणतन्त्रलाई संस्थागत गर्नका लागि गरिएका प्रयास र प्राप्त उपलब्धिहरु सकारात्मक रहेकाले मलाई खुसी लागेको छ ।

राजनीतिक रूपमा ठूलो उपलब्धि

कतिपयले व्यवस्था फेरियो मानिसहरुको जीवनस्तर फेरिएन भन्ने गुनासा पनि नसुनिएका होइनन् तर यस भनाइमा मैले भन्ने गरेको कुरा हो– हामीले एउटा आधार तयार गरेका छौँ । राजनीतिक रूपमा भन्ने हो भने हामीले यति ठूलो उपलब्धि हासिल गरेका छौँ, माथि नै चर्चा गरेको संविधानकै आधारमा उभिएर म भन्ने गर्छु । हामीले राजनीतिक परिवर्तनका लागि अब आन्दोलन गर्नु नपर्ने आधार तयार गरिसकेका छौँ । अब हामी संविधान संशोधन गरेर जस्तोसुकै राजनीतिक परिवर्तन गर्न सक्ने अवस्थामा छौँ । त्यसका लागि अब फेरि अर्को आन्दोलन गर्नुपर्दैन । शान्ति स्थापनाका सवालमा यति ठूलो द्वन्द्व हुँदै यहाँसम्म आइपुगेकोमा विश्वले नै प्रशंसा गरेको छ । त्यो शान्ति प्रक्रियाको अलिकति काम सम्पन्न गर्न बाँकी छ । त्यो पनि सम्पन्न गरेपछि अर्को ऐतिहासिक उपलब्धि हुनेछ । जनतालाई हामीले अधिकार सम्पन्न तुल्याएका छाँै । त्यसैले हामी गर्वका साथ भनिरहेका छौँ अब कसैले पनि राजनीतिक अधिकार र प्रजातन्त्र स्थापनाका लागि फेरि आन्दोलन गर्नुपर्दैन । यो जुन आधार छ, त्यसमा उभिएर अब अर्को उपलब्धिका लागि अघि बढिरहेका छौ । त्यो भनेको सम्मृद्ध नेपाल सुखी नेपाली को नारालाई व्यवहारमा अनुभुत हुने ढङ्गले अगाडि बढेका छौँ । यसलाई राम्रो उपलब्धिका रूपमा अघि बढेको भन्न सकिन्छ । किनभने त्यसैको परिणाममा कोरोनाले यति क्षतविक्षत बनाउँदा पनि, अर्थिक स्थिति ध्वस्त बनाउँदा पनि विश्वका ठूलठूला शक्ति सम्पन्न र धनी राष्ट्रहरु जिरो मात्र होइन माइनसमा गएको अवस्थामा हाम्रो अर्थमन्त्रीले भर्खरै घोषणा गरेको आर्थिक सर्वेक्षमा २.३ आर्थिक प्रगति छ । यो स्थिति भनेको हामीले साँच्चिकै राम्रो दिशातर्फ अगाडि बढिरहेको अवस्था हो । यो कुरालाई ध्यानमा राख्नुपर्छ । कोरोनालाई पराजित गरेपछि हामीसँग अघि बढ्नसक्ने आधार छन् र समृद्ध नेपाल सुखी नेपालीको दिशातर्फ अघि बढ्न सक्छौँ भन्नेमा विश्वस्त हुन सकिन्छ ।


हामीले यति धेरै ठूलो सङ्घर्षबाट व्यवस्था त परिवर्तन गर्यौँ तर के समाज रूपान्तरण भयो त ? राजनीतिक दल र तिनको नेतृत्वको सोचमा परिवर्तन भयो ? सेना, कर्मचारीको सोच र शैलीमा परिवर्तन भयो ? धेरैले यो प्रश्न गर्ने गरेका छन् । यस्ता प्रश्न गम्भीर रूपमा लिनुपर्छ । यसमा एउटै कुरा बुझ्नु जरुरी छ । गणतन्त्र हाम्रा लागि नयाँ कुरा हो । उपलब्धिका रूपमा हासिल गरेको नयाँ व्यवस्था गणतन्त्रलाई कसरी व्यवहारमा जनतामा परिवर्तनको अनुभुत हुनेगरी कार्यान्वयन गर्दै अगाडि बढ्ने भन्ने प्रश्नहरु निरन्तर उठिरहेकै छन् ।


गणतान्त्रिक यात्राको गति र दिशा

गणतन्त्र यात्राको गति र दिशामा पनि कतिपय टिप्पणीहरु अझै पनि छन्, गुनासाहरु पनि छन् । त्यसलाई अचम्म मान्नु हुँदैन । हामीले महसुस गरेको कुरा भन्नलाई नै लोकतन्त्र स्थापना गरेको हो । त्यसैले यस्ता टिप्पणीहरुलाई राज्यले र सरकार सञ्चालन गरेको पार्टीले स्वाभाविक रूपमा सम्मान गर्न सक्नुपर्छ । कहीँकतै हामीबाट कमजोरी भएको छ भने सच्याउनुपर्छ । राम्रा कुराहरु छन् भने त्यसलाई सबल बनाउँदै अगाडि बढ्ने अठोट व्यक्त गर्न सक्नुपर्छ । राम्रा कुरा भएका छन्, धेरै उपलब्धिहरु भएका छन्, त्यसलाई बलियो बनाएर अगाडि जानुपर्छ । राम्रा कुराहरुको सन्देश जनतामा दिनुपर्छ । नराम्रो र कमजोरी मात्रै भएको छ भनेर निराशा छर्ने काम नगरौँ । तर कतिपय कमीकमजोरी पनि भएका छन् । ती कमीकमजोरीलाई आत्मसात गर्दै अगाडि बढौँ । अझ ठोस रूपमा भन्नुपर्दा हामीले गणतन्त्र भनेके के त ? सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र समावेशीता सहितको प्रणाली हामीले स्थापित गरेका हौँ । गणतन्त्र भन्ने वित्तिकै सङ्घीयता, लोकतन्त्र र धर्मनिरपेक्षता र समावेशिताको कुरा स्वतः आउँछ । यी कुरा भन्नसाथ हामीले व्यवहारमा त्यो अनुसार काम गर्न सकेका छौँ त ? यो प्रश्न स्वाभाविक उठ्छ, उठ्ने गरेको छ । यसका लागि अझै गर्नुपर्ने केही काम बाँकी नै छन् । मैले संविधान जारी गरिहँदा २०७२ असोज ३ गते संविधान सभाको अध्यक्षको कुर्सीबाट भनेको थिएँ, हामीले राम्रो संविधान जारी गर्यौँ । अब त्यसलाई कार्यान्वयन गर्नुपर्छ र गर्न सक्छाँै तर एउटा कुरालाई ख्याल राखौँ, जतिसुकै राम्रो संविधान भए पनि त्यो संविधानले अधिकार कर्तव्य दिन्छ, राज्य सञ्चालन कसरी गर्ने भन्ने पनि दिन्छ, बताउँछ तर राम्रो संविधानले पनि बुद्धि, विवेक र क्षमता भने बाँड्दैन । त्यो कुरा हामीले देखाउनुपर्ने कुरा हो । त्यसैले गणतन्त्र दिवसको सन्दर्भ पारेर यो अवसरमा हामी राजनीतिक दलहरुले, राजनीतिक दलका नेता कार्यकर्ताहरुले संविधान कार्यान्वयन गर्नमा देखाउनुपर्ने बुद्धि, विवेक र क्षमता देखाउन सकेका छौँ कि छैनौँ ? त्यसतर्फ पनि ध्यान जानुपर्छ, ध्यान दिनुपर्छ ।

व्यवस्था परिवर्तन संस्कार र प्रवृत्ति पुरानै

हामीले यति धेरै ठूलो सङ्घर्षबाट व्यवस्था त परिवर्तन गर्यौँ तर के समाज रूपान्तरण भयो त ? राजनीतिक दल र तिनको नेतृत्वको सोचमा परिवर्तन भयो ? सेना, कर्मचारीको सोच र शैलीमा परिवर्तन भयो ? धेरैले यो प्रश्न गर्ने गरेका छन् । यस्ता प्रश्न गम्भीर रूपमा लिनुपर्छ । यसमा एउटै कुरा बुझ्नु जरुरी छ । गणतन्त्र हाम्रा लागि नयाँ कुरा हो । उपलब्धिका रूपमा हासिल गरेको नयाँ व्यवस्था गणतन्त्रलाई कसरी व्यवहारमा जनतामा परिवर्तनको अनुभुत हुनेगरी कार्यान्वयन गर्दै अगाडि बढ्ने भन्ने प्रश्नहरु निरन्तर उठिरहेकै छन् । यसलाई हामीले अगाडि बढ्ने क्रममा परिवर्तनको अनुभुत हुनेगरी हिँड्नुबाहेक कुनै विकल्प छैन, विवाद छैन । यसमा राजनीतिक दल र दलको नेतृत्वले आन्दोलन हामीले हाँकेर यहाँसम्म आइपुगेकाहरुको अझ बढी जिम्मेवारीभित्र पर्छ । यो परिवर्तन यो कुराका लागि, यो नयाँ संस्कृति विकासका लागि पो आएका हो त भनेर अनुभुत गराउन सक्नुपर्छ । पुरानै संस्कृति देखापर्ने हो भने केका लागि आन्दोलन गरेको हो भनेर प्रश्न उठाउनेहरुलाई हामीले व्यवहारबाट जवाफ दिन सक्नुपर्छ ।

सकारात्मक मात्रै होइन, नकारात्मक कुराहरु पनि छन् । यो स्वीकार गर्नुपर्छ । त्यसकारण मैले भन्ने गरेको छु । दल र दलका नेताहरुकोे प्रशंसा गर्दै त्यो कुरा भन्छु । तर त्यहीभित्र कमी कमजोरीका बाबजुद यिनै दल र दलका नेताहरुले यो ठाउँसम्म ल्याइपुर्याएका हुन् भन्ने कुरा विर्सनु हुँदैन । यसको अर्थ यी दलहरुले निरङ्कुशताका विरुद्ध आन्दोलन त गरेकै हुन् । परिवर्तनका लागि योगदान र बलिदान दिएकै हुन् । तर कमजोरी पनि हटाउँदै जानुपर्छ है । ती कमीकमजोरी बेलाबेलामा देखापर्दै गएका छन् । त्यही भएर हामीले यस्तो प्रणाली स्थपित गरेका छौँ । जसलाई जनताले जनताका लागि बनाएको संविधानद्वारा संस्थागत पनि गरेका छौँ । यो प्रणालीमा व्यक्ति मन पर्दैन भने व्यक्ति परिवर्तन गर्न सकिन्छ । पार्टी मन पर्दैन पार्टी परिवर्तन गर्न सकिन्छ । अझ मैले त खुलेर भन्दै आएको छु व्यक्तिभन्दा पार्टी ठूलो, पार्टीभन्दा देश र जनता ठूलो । सौभाग्यको कुरा हो, यो मेरो पार्टी र देशको बीचमा मैले छान्नु परेको छैन । धेरै हदसम्म यो पार्टीले देश र जनताको हितका विषयहरु उठाएर आएको छ भन्ने मलाई विश्वास छ । कमीकमजोरीहरु छन् तर ती कमीकमजोरीहरुलाई सच्याउँदै अगाडि बढ्नुपर्छ । 

(संविधान सभाका अध्यक्ष समेत रहेका नेम्वाङसँगको कुराकानीमा आधारित ।)

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.